आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images
स्टाण्डर्ड नाप र तौल ऐनको पाँचौँ संशोधन

सुन, चाँदी र पेट्रोलियम पदार्थको नापतौलमा ठगी गर्नेलाई तीन वर्ष कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना

images
बिहीबार , असोज ६ २०७९
images
सुन, चाँदी र पेट्रोलियम पदार्थको नापतौलमा ठगी गर्नेलाई तीन वर्ष कैद र  पाँच लाख रुपैयाँसम्म जरिवाना
images
images

काठमाडौं- सरकारले नापतौल यन्त्र तथा उपकरण प्रयोग गरी जालसाजी गर्ने तथा ठगी गर्नेको सजाय बढाएको छ। सुन, चाँदी र पेट्रोलियम पदार्थको  नापतौलमा ठगी गर्नेलाई अधिकतम ३ वर्ष कैद र तीन लाख रुपैयाँदेखि पाँचलाखरुपैयाँसम्म जरिवान गर्ने भएको छ। साथै यन्त्र उपकरण नवीकरण नगरी प्रयोग गरेमा भने  एक लाख रुपैयाँ जरिवाना गरिने व्यवस्था गरेको छ। यसअघि भने एक हजार रुपैयाँ मात्रै जरिवाना हुने व्यवस्था थियो।

images
images
images

 स्टाण्डर्ड नाप र तौल ऐन चोथौ संशोधनमा रहेको सजायको व्यवस्था परिमार्जन गर्दै सरकारले कारबाहीको दायर बढाएको हो।स्टाण्डर्ड नाप र तौलबाहेक अरु नाप र तौल प्रचलनमा ल्याएको अवस्थामा एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।

images
images

कुनै खास क्षेत्रभित्र कुनै खास व्यापार, लेनदेन वा करारका सम्बन्धमा खास खास सर्तहरूका अधीनमा रही नापेर वा तौलेर मात्र कारोबार गर्नु पर्ने व्यवस्था विपरित काम गरेमा पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने नयाँ व्यवस्था गरिएको छ।

images
images

नाप तौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमतिपत्र लिनु पर्ने व्यवस्थाविपरित काम गरेमा एक हजार रुपैयाँदेखि पाँचहजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गरेको छ।

मोहोर बन्दी गरिएका प्याकेजमा नाप वा तौल अङ्कित हुन पर्ने व्यवस्था उल्लंघन गरेमा पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।

यसैगरी कुनै नाप वा तौलको आधारमा बिक्री वा कारोबार गर्दा जुन नाप वा तौलको परिमाणको खरिद, बिक्री वा कारोबार गरेको हो, सो नाप वा तौलले निश्चित गरेको परिमाणभन्दा घटी बढी गरी लिए वा लिन लगाएमा वा दिए वा दिन लगाएमा निजलाई पाँच हजार रूपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना व्यवस्था गरिएको छ।

निर्माण सामग्री, सुन, चाँदी वा मूल्यवान धातु, पेट्रोलियम पदार्थ, एलपीजी सिलिन्डर वा उद्योगको हकमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।

साथै निरीक्षकले आफ्नो कर्तव्य पालनाको शिलशिलामा कुनै काम गर्दा बाधा अवरोध गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था गरिएको छ।

तीन वर्ष कैद र तीन लाख रुपैयाँदेखि पाँच लाखरुपैयाँसम्म जरिवाना लाग्ने अवस्था

- कसैले कुनै स्टाण्डर्ड नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जाली वा घटी, बढी बनाएमा वा बनाउन लगाएमा

- जाली वा घटी, बढी नाप्ने वा तौलने यन्त्र जानी(जानी सकली रूपमा व्यवहार गरेमा वा व्यवहार गर्ने उद्देश्यले राखेमा वा बिक्री गरे वा गराएमा

- ऐन बमोजिम स्टाण्डर्ड नाप वा तौल वा नाप्ने वा तौलने यन्त्रमा लगाउने टाँचा बिगारेमा वा जाली टाँचा लगाएमा वा लगाउन लगाएमा वा बनाएमा वा राखेमा वा नाप वा तौलमा वा नाप्ने वा तौलने यन्त्रको वास्तविकभन्दा बाहेकका अन्य कुनै यन्त्र वा त्यस्तै कुनै वस्तु प्रयोग गरी घटी, बढी गराएमा वा गराउने उद्देश्यले राखेमा वा राख्न लगाएमा

- कुनै प्रविधि प्रयोग गरी जाली सफ्टवेयर बनाई नाप वा तौलको परिमाणमा घटी वा बढी गराएमा

- साथै  यस ऐन विपरीत हुने गरी निरीक्षकले जानी(जानी नापतौल वा नाप्ने वा तौलने यन्त्रमा टाँचा लगाएमा निजलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा गरेको छ।

स‌ंशोधित ऐनको पूर्णपाठ

 


प्रकाशित : बिहीबार , असोज ६ २०७९१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend