बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दसैँ नजिकिएसँगै बढे हवाई यात्रु, आन्तरिक टर्मिनलमा भिडभाड [तस्बिरहरू]

मंगलबार, असोज १९ २०७८
दसैँ नजिकिएसँगै बढे हवाई यात्रु, आन्तरिक टर्मिनलमा भिडभाड [तस्बिरहरू]

दसैँ नजिकिएसँगै विमानस्थलमा हवाई यात्रुको चाप बढेको छ। कोभिड १९ पछि नै आन्तरिक उडानमा चाप बढिरहेको बेला दसैँका कारण हवाई यात्रु बढेका हुन्।

काठमाडौं- दसैँ नजिकिएसँगै विमानस्थलमा हवाई यात्रुको चाप बढेको छ। कोभिड १९ पछि नै आन्तरिक उडानमा चाप बढिरहेको बेला दसैँका कारण हवाई यात्रु बढेका हुन्।

आन्तरिक उडान गर्ने एयरलाइन्स बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलाइन्स लगायतले पूर्ण क्षमतामा उडान गरिरहेका छन्। बुद्धले मात्रै सोमबार ७ हजार भन्दा बढी यात्रुलाई सेवा दिएको थियो। मंगलबार पनि बुद्धले सोही हाराहरी यात्रुलाई सेवा दिँदै छ।

त्यस्तै यतिले हरेक दिन सरदर ३  हजार यात्रुलाई सेवा दिएको छ। श्री एयरलाइन्सले १८ सय र गुणले पनि १ हजारभन्दा बढीलाई दैनिक सेवा दिइरहेका छन्। दसैँदेखि तिहारसम्म यो चाप निरन्तर हुने गरेको छ। गत वर्ष कोभिडका कारण दसैँमा खासै यात्रुको चाप नरहे पनि यसपटक भने अत्याधिक भएको एयरलाइन्सहरुले जनाएका छन्।

bimansthal bhid (3).jpg
bimansthal bhid (2).jpg
bimansthal bhid (4).jpg
bimansthal bhid (5).jpg
bimansthal bhid (6).jpg


प्रकाशित : मंगलबार, असोज १९ २०७८०९:४०
  • सम्बन्धित विषय:

  • # विमानस्थल
  • # हवाई यात्रु


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend