शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैंकिङ ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्रीको संकेत 

बिहीबार , असोज ६ २०७९
बैंकिङ ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्रीको संकेत 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बैंकले लिइरहेकाे ब्याजदरप्रति असन्तुष्टी जनाएका छन्। नाडा इभी एक्सपो २०२२ काे उद्घाटन गर्दै उनले बैंकले ब्याज १५ प्रतिशत दिएपछि उत्पादनमूलक क्षेत्रमा लगानी नै नआउने भन्दै ब्याजदरमा छलफल गरेर अगाडि बढ्ने बताए।

'बैंकले सिधै १५ प्रतिशत दिएपछि लगानीकर्ताले लगानी गर्न छाडेर बैंकमा पैसा राख्छन्' अर्थमन्त्री शर्माले भने।

अर्थसचिव र बैंकका अधिकारी र राष्ट्र बैंकबीच छलफल गरेर केही टुंगाेमा पुर्‍याउने अर्थमन्त्री शर्माले बताए। 

बैंक र वित्तीय संस्थाहरुले असाेज १ देखि निक्षेप र ऋण दुवैकाे ब्याजदर चर्काे वृद्धि गरेका छन्। अधिकांश बैंककाे आधार ब्याजदर नै ९ प्रतिशतभन्दा माथि पुगेकाे छ।


प्रकाशित : बिहीबार , असोज ६ २०७९०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend