काठमाडौं- ओलाले उत्पादन गरेके विद्युतीय स्कुटर नेपाली बजारमा भित्रिएको छ। बिहीबारदेखि सुरु भएको विद्युतीय सवारी मेलामा ओलाको स्कुटर सार्वजनिक गरिएको छ।
ओलाले सार्वजनिक गरेको इलेक्ट्रिक स्कुटर एसवान र एसवान प्रोमा ८.५ किलोवाट इलेक्ट्रिक मोटर जडान गरिएको छ। चर्चित विद्युतीय स्कुटर ओला सीजी मोटरले नेपाली बजारामा भित्र्याएको हो। ओला एसवान वेस मोडलको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा र एसवा प्रोको टप स्पीड १ सय १५ किलोमिटर प्रतिघण्टा रहेको छ।
त्यस्तै ओला एसवानमा प्रयोग भएको ब्याट्रीले १ सय २१ किलोमिटर र एसवान प्रोले १ सय ८१ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। ओलाले हरेक वर्ष २० लाख स्कुटर उत्पादन गर्ने जनाएको छ।
भिडियो हेर्नुहोस्-