शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

‘नाडा ईभी चौतारी’मा ३ दिनसम्म विद्युतीय सवारी र प्रविधिबारे बहुपक्षीय छलफल  

images
images
images
‘नाडा ईभी चौतारी’मा ३ दिनसम्म विद्युतीय सवारी र प्रविधिबारे बहुपक्षीय छलफल  

प्रदर्शनीमा जाने जोकोहिले शुक्रबारबाट ईभी चौतारीमा सहभागी भएर विद्युतीय सवारीको सामान्य जानकारीदेखि यसको पछिल्लो विकसित प्रविधिसम्म जान्न सक्ने नाडाले जनाएको छ। 

images
images

काठमाडौं- नेपाली अटोमोवाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले पहिलो पटक विद्युतीय सवारी तथा यसको प्रविधिबारे प्रदर्शनी गरेको छ। बिहीबारबाट सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्ने छ। 

images
images
images

सवारी प्रदर्शनी एउटा ग्ल्यामर र व्यवसायीहरूका लागि व्यवसाय तथा त्यसको प्रवद्र्धन गर्ने राम्रो प्लेटफर्म हो। यो विगतमा नाडा अटो शोहरूमा समेत हुँदै आएको थियो। विगतका अटो शोहरूमा पनि सवारी तथा सवारीजन्य पार्टपुर्जाको प्रदर्शनीका साथै विभिन्न विषयमा छलफल पनि हुने रेको थियो। 

images

तर नेपालमा विद्युतीय सवारी सम्बन्धि पहिलो प्रदर्शनी भएकाले यसबारे उपभोक्ताको धेरै चासो रहने देखिएको छ। सवारी प्रदर्शनीभन्दा महत्वपूर्ण विषय भनेको विद्युतीय सवारीको विकसित प्रविधि, यसको प्रयोग, दीर्घकालीन फाइदालगायत विषयमा आम मानिसलाई जानकारी दिनु। प्रदर्शनीमा जाने जोकोहिले शुक्रबारबाट ईभी चौतारीमा सहभागी भएर विद्युतीय सवारीको सामान्य जानकारीदेखि यसको पछिल्लो विकसित प्रविधिबारेसम्म जान्न सक्ने नाडाले जनाएको छ। 

images

नेपालमा विद्युतीय सवारीको प्रयोग एक दशकअघिदेखि नै हुँदै आएको भएपनि त्यो सीमित मानिसमा मात्र थियो। तर पछिल्लो ३÷४ वर्षयता विद्युतीय सवारीको प्रयोग उल्लेख्य रुपमा बढेको छ। तर आम मानिसहरूले विद्युतीय सवारीको प्रयोग, प्रविधि, फाइदा, बेफाइदालगायत कुरा सहजै जान्ने अवसर पाएका छैनन्। त्यसैले उपभोक्ता वा ईभी बारे चासो राख्ने जो सुकैलाई सहजै जानकारी मिलोस् भनेर नयाँ प्रयास गरेको नाडाको भनाइ छ। 

images
images

नाडा ईभी एक्स्पो चलिरहेको समयमा नै असोज ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउसो २ देखि ४ बजेसम्म यूएसएआईडीसँगको सहकार्यमा नाडा चौतारी सेमिनार सञ्चालन हुनेछ। तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका विद्युतीय सवारी सम्बन्धी चासो राख्ने विज्ञहरूको सहभागिता रहने छ। ईभी चौतारीको पहिलो दिन ७ गते ईभी टेक्नोलोजी तथा इकोसिस्टमको बारेमा छलफल हुनेछ। 

ईभी चौतारीको उद्घाटन सत्रमा वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कंडेल, स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी, यूएसएआईडी अन्तर्गतको स्वास्थ्य कार्यालयका डेपुटी स्वास्थ्य डाइरेक्टर किम्बर्ली वार्लर र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा हुनेछन्। सोही दिन हुने पहिलो सत्रमा वातावरण सचिव पेमनारायण कंडेलको नेतृत्व हुने छ भने मोडरेट भुषण तलाधरले गर्नेछन्। 

वक्तहरूमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेल, अनुसन्धाता शिल्पा श्रेष्ठ, अभिशेक कार्की, दिनेश पौडेल, विद्युत प्राधिकरणका सागरमणी पौडेल रहेन छन्। 

दोस्रो दिनको सेसनको विषय फाइनान्सियल एस्पेक्ट अफ ईभी हुाने र नेतृत्व कनकमणी दीक्षित र मोडरेटरमा भुषण तुलाधनले नै हुने छन्। यो सेसनका वक्तहरूमा कृष्णप्रसाद सापकोटा, अनन्ता पाण्डे, एनएमबी बैंकका सीईओ सुनिल केसी, नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली र नाडाका कार्यासमिति सदस्य तथा लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ रहने छन्। 

अन्तिम दिन असोज ९ गतेको सेसनको विषय पोलिसिज् फर प्रोमोटिङ ईभी रहने र यो सेसनको नेतृत्व राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गर्ने र मोडरेटर तुलाधरले नै गर्ने छन्। यो सेसनको वक्तहरूमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भौतिक पूर्वाधार मन्त्रालयका सीडीई शंकरसिंह धामी, प्राध्यपक डा अमृत नकर्मीलगायतले गर्ने छन्। 

images

प्रकाशित : बिहीबार , असोज ६ २०७९०५:०१

प्रतिक्रिया दिनुहोस