शनिबार, वैशाख ८ गते २०८१    
images
images

एनसीसी र कुमारी मर्जर : नाम, सीईओ र सञ्चालक समिति टुंगियो, स्वाप रेसियो कति?

images
images
एनसीसी र कुमारी मर्जर : नाम, सीईओ र सञ्चालक समिति टुंगियो, स्वाप रेसियो कति?
images
images

काठमाडौं- एनसीसी र कुमारी बैंकको मर्जरका लागि सम्झौताको अन्तिम गृहकार्यमा दुवै सञ्चालक समितिका सदस्यहरू लागेका छन्।

images
images
images

दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार तयारी सुरु भएको मर्जरले अन्तिम रुपम पाउन लागेको हो।

images

दुई बैंकबीच केही विषयमा भने अनौपचारिक सहमति समेत भएको छ। जसमा एनसीसी र कुमारी मर्जरमा गएपछि नाम कुमारी बैंक राख्ने सहमति भएको छ। बैंकको सञ्चालक समितिको अध्यक्षमा एनसीसी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत एनसीसीकै हुनेगरी सहमति भएको छ।

images

यता बैंकको मर्जरपछि स्वाप रेसियो भने डीडीए रिपोर्ट आएपछि अन्तिम रुपम दिने तयारी गरिएको छ। जसमा कुमारी र एनसीसीको १००ः९० अनुपातको लागि छलफल भइरहेको छ। 

images
images

दुवै बैंकले पुस मसान्तमै एकीकृत कारोबार गर्नेगरी प्रक्रियासमेत अगाडि बढाएका छन्। 

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरूलाई ताकेता गरिरहेको छ। राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न ताकेता गरिरहेको छ।  

कुमारी बैंक 

कुमारी बैंक लिमिटेडको दोस्रो बजारमा १८५ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको छ। बैंकको एक वर्षअगाडि ३५८रुपैयाँ सम्म कारोबार भएको थियो।

अहिले बैंकको सेयर मूल्यद दुई वर्षयताकै सस्तो मूल्यमा कारोबार भइरहेको छ। गतवर्ष बैंकले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १९.२७ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.१ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष २९.१४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २१.२१ प्रतिशत र कर्जा ११.२२ प्रतिशत बढेको छ।

एनसीसी बैंक 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंकको दास्रो बजारमा १९० रुपैयाँमा कारोबार भएको छ। बैंकको एक वर्षअगाडि ३३४ रुपैयाँसम्म पुगेको सेयर मूल्य दुईवर्षयताकै सस्तो मूल्य भएको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी  १८.१५ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७.७९ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २२.९६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशत र कर्जा २८.१३ प्रतिशत बढेको छ।

images

प्रकाशित : शुक्रबार, असोज ७ २०७९०१:५५

प्रतिक्रिया दिनुहोस