शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लाभांश क्षमता ४० प्रतिशत पुगेको नबिलको सेयर मूल्य महिनौँपछि बल्ल बढ्न थाल्यो, कतिसम्म पुग्ला?

बिहीबार , असोज ६ २०७९
लाभांश क्षमता ४० प्रतिशत पुगेको नबिलको सेयर मूल्य महिनौँपछि बल्ल बढ्न थाल्यो, कतिसम्म पुग्ला?

काठमाडौं- महिनौँपछि नबिल बैंकको सेयर मूल्य बढ्न थालेको छ। सधैँभरी चर्चामा रहने नबिल बैंकको सेयर बुधबार भने प्रतिकित्ता १२.६० रुपैयाँले बढर ७६२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। वित्तीय विवरण सार्वजनिक गर्दा आकर्षक सूचक सार्वजनिक गरेता पनि दोस्रो बजारका सेयर मूल्य भने बढ्न सकेको थिएन। 

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

बैंकले खुद नाफा र वितरण गर्न मिल्ने सञ्चिति ९ अर्ब १२ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड भए पछि एक्विजिसनपछि वितरण गर्न मिल्ने सञ्चिति बढेको हो। त्यस्तो सञ्चिति ५ अर्ब ७५ करोड छ। बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

nabil aa.PNG

बैंकको प्रतिसेयर आम्दानी २७.१६ रुपैयाँ रहेको छ। पीई रेसियो ३२.८० रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

शुल्क वापतको आम्दानी १ अर्ब ८६ करोड रहेको छ। बैंकको वर्षको भरीको जम्मा अपरेटिङ आम्दानी १२ अर्ब १२ करोड रुपैयाँ रहेको छ। गत वर्ष उक्त शीर्षकको आम्दानी ११ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। साथै बैंकको सञ्चालन मुनाफा ७ अर्ब १७ करोड पुगेको छ, जुन अघिल्लो आवमा ६ अर्ब ४१ करोड थियो।

बैंकको खराब कर्जा १.५४ प्रतिशतमा रहेको छ। गत वर्ष पनि उक्त कर्जाको अनुपात सोही नै रहेको थियो। निक्षेप ३ खर्ब २६ अर्ब रहेको छ, जुन गत वर्ष २ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।


प्रकाशित : बिहीबार , असोज ६ २०७९०३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend