आइतबार, असोज ७ गते २०८०    

मुगुको स्याउले बजार पाएन

images
बिजनेस न्युज
मुगुको स्याउले बजार पाएन
images

मुगु- मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन्।

images

'लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो, सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन ,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ' स्याउ किसान टक्कबहादुर शाही भने।

images

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए। उनले भने, 'छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ।' स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे। रासस  

images

images

प्रकाशित : बुधबार, असोज ५ २०७९१२:१७
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ