आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

यती एयरलाइन्सले पूरा गर्‍यो २४ वर्ष

images
बुधबार, असोज ५ २०७९
images
यती एयरलाइन्सले पूरा गर्‍यो २४ वर्ष

पहिलो उडान भने २१ सेप्टेम्बर, १९९८ मा भएको थियो। एयरलाइन्सले पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वर्षिक उत्सवको रुपमा मनाउने गरेको छ।

images
images

काठमाडौं- निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले हवाई यात्राको २४ वर्ष पूरा गरेको छ। यतीले तत्कालीन हवाई विभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त गरेको थियो।

images
images
images

पहिलो उडान भने २१ सेप्टेम्बर, १९९८ मा भएको थियो। एयरलाइन्सले पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वर्षिक उत्सवको रुपमा मनाउने गरेको छ।

images
images

नेपालमा हवाईसेवाको विकासमा महत्त्वपूर्ण योगदान रहेको यतिले २ वटा ट्विनअटर वायुयान बाट उडान सुरु गरेको थियो। २४ वर्षमा यतीले डिएचसी-६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई-१२, इएमबी-११०, ईएमबी-१२०,साब-३४० बि, जेटस्ट्रीम जे-४१, डिएचसी-६-४०० ट्विनअटर तथा एटिआर-७२-५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ। यतिमा हाल ७३० जना कर्मचारी कार्यरत रहेका छन्।

images
images

'यतीको २४ वर्षे यात्रा लगनशील तथा इमान्दार कर्मचारी तथा लगानिकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो साथै हाम्रा संस्थापक प्रबन्ध निर्देशक स्व. आङ छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ,' एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने।

१ वर्षको अवधिमा ५ वटा विमानमार्फत एयरलाइन्सले १५ हजार ९ सय २५ उडान मार्फत १० लाख ५ हजार छ सय ७७ यात्रुहरुलाई सेवा दिएको छ भने २७ हजार ६ सय ६३ विदेशी पर्यटकलाई सेवा दिएको छ। हालै एउटा विमान थपेको यतीसँग हाल ६ वटा एटिआर विमान रहेको छ भने यसै वर्ष एउटा विमान ल्याउने योजना रहेको एयरलाइन्सले जनाएको छ।


प्रकाशित : बुधबार, असोज ५ २०७९०५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend