बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जानेमध्ये ४७ प्रतिशतको रोजाइमा मलेसिया

images
बुधबार, असोज ५ २०७९
images
images
म्यानपावरमार्फत  वैदेशिक रोजगारीमा जानेमध्ये ४७ प्रतिशतको रोजाइमा मलेसिया
images
images

काठमाडौं- रोजगारीका लागि मलेसिया जाने श्रमिकबाट मेडिकल, भिसा सहजीकरण, भीएलएन, वायोमेट्रिकलगायतका नाममा अतिरिक्त शुल्क लिइएको र सिन्डिकेट अन्त्य हुनुपर्ने भन्दै सरकारले २०७५ जेठ १२ गतेबाट वैदेशिक रोजागरीका लागि मलेसिया कामदार नपठाउने निर्णय गर्‍यो। उक्त निर्णय तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका थिए।

images
images
images

मन्त्री विष्टले बढी शुल्क लिने विरुद्ध कारबाहीको अभियानै सुरु गरे। बढी शुल्क असुली गरेका आरोपमा केही व्यवसायी समातिए पनि। मुद्दा मामिला सुरु भयो। अन्तत: व्यवसायीले मुद्दा जिते। 

images

त्यस्तै मन्त्री विष्टले नयाँ श्रम स्वीकृति रोके। नयाँ श्रम स्वीकृत नै रोकिएपछि मलेसिया सरकार श्रम समझदारीका लागि संवादमा आएको थियो। 

images
images
images

संवादकै क्रममा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै व्यहोर्ने गरी ११ कात्तिक २०७५ मा मलेसिया सरकारसँग श्रम समझदारी भयो। तर मलेसियाले पुराना भेन्डरमार्फत नयाँ कामदारको भिसा प्रक्रिया अघि बढाउन चाह्यो। नेपालले त्यसमा सहमति जनाएन।

यसरी रोकिएको मलेसियाको रोजगारीमा पुनः कोरोनाले असर गर्‍यो। २०७८ चैतसम्म नयाँ श्रम स्वीकृत नै जारी भएन।

२०७५ जेठ अघिसम्म नेपाली कामदारको पहिलो रोजगाइमा मलेसिया नै थियो। तर मलेसियाको रोजगारी बन्द भएसँगै युवाको रोजाइमा कतार पर्‍यो। तर २०७९ बैशाखमा पुन: नेपालबाट श्रम स्वीकृत लिएर मलेसिया कामदार जाने थाले। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकमा नै चैतसम्म नेपालबाट नयाँ कामका लागि म्यानपावरमार्फत श्रम स्वीकृत लिएर मलेसिया जानेका कामदारको संख्या शून्य नै छ।

२०७९ को बैशाखमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४५ हजार ४ जना थियो। यो संख्यामा म्यानपावरमार्फत नयाँ रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएर मलेसिया जानेको संख्या २ हजार ३ सय १४ थियो भने बिदामा नेपाल आएर तथा अन्य विभिन्न तवरबाट मलेसिया रोजगारीका लागि जानेको संख्या ४ हजार २ जना थियो। बैशाखमा म्यानपावरमार्फत नयाँ काममा लागि विदेश जानेको संख्या १७ हजार ४ सय ७९ थियो।

जेठमा नयाँ काममा लागि म्यानपावरमार्फत मलेसिया जानेको युवाको संख्या ७ हजार १ सय ४१ पुग्यो। जेठमा म्यानपावरमार्फत नयाँ काममा लागि वैदेशिक रोजगारमा जानेको संख्या २९ हजार ३ सय ८२ थियो। जसमा मलेसिया जानको संख्या ९ हजार ६ सय ४९ थियो। साथै जेठमा कुल ६२ हजार ८ सय ५३ जना वैदेशिक रोजागरीमा गएका थिए।

असारमा नयाँ काममा लागि म्यानपावरमार्फत मलेसिया जानेको संख्या जेठको तुलनामा दोबरले बढेर १५ हजार ७ सय ८० पुग्यो। असारमा कुल १८ हजार २ सय ८४ जना मलेसियाको रोजागरीमा पुगेको विभागको तथ्यांकमा उल्लेख छ। असारमा वैदेशिक रोजगारीमा जानेको संख्या ६२ हजार ८ सय ५३ थियो। जसमा म्यानपावरमार्फत मात्रै ३५ हजार १ सय ३ युवा रोजगकारीका लागि बाहिरिएका थिए।

असारको तुलनामा साउनमा पनि नयाँ काममा लागि मलेसियाको जानेको संख्या बढ्यो। साउनमा २२ हजार ३ सय ६१ जना युवा म्यानपावरमार्फत नयाँ कामका लागि मलेसिया पुगे। साउनमा मलेसिया जानको संख्या कुल २४ हजार ४ सय ८४ थियो। साउनमा कुल वैदेशिक रोजगारीमा जानेको संख्या ६३ हजार ३९ थियो। जसमा म्यानपावरमार्फत नयाँ कामका लागि जानेको संख्या ३७ हजार ६ सय ८० थियो।

यसैगरी बैशाखदेखि नयाँ काममा लागि मलेसिया जाने कामदारको संख्यामा आएको उछाल भदौमा पनि देखिएको छ। भदौमा मात्रै ३३ हजार ३ जना कामदार म्यानपावरमार्फत नयाँ काममा लागि मलेसिया पुगेका छन्। भदौमा मलेसिया जाने कामदारको संख्या भने ३५ हजार ३ सय ७२ रहेको छ। भदौमा नेपालबाट वैदेशिक रोजागरीमा जाने वैदेशिक कामदारको संख्या ७६ हजार ४ सय ३ जना पुगेको छ। यो संख्यामा म्यानपावरमार्फत जानेको संख्या मात्रै ५० हजार ५० जना रहेका छन्।

वैदेशिक रोजगारीका लागि ५ महिनामा बाहिरिए ३ लाखभन्दा बढी

२०७९ सालको ५ महिना (बैशाखदेखि भदौ)मै वैदेशिक रोजगारीमा (म्यानपावरमार्फत, बिदामा नेपाल आइ तथा विभिन्न प्रक्रियाबाट श्रम स्वीकृत लिइ) जानेको संख्या ३ लाख ९ हजार ४८ रहेको छ।

यसमध्ये नयाँ काममा लागि म्यानपावरमार्फत रोजगारीमा जानेको संख्या १ लाख ६९ हजार ६ सय ९३ रहेको छ। कुल वैदेशिक रोजगारमा जानेको संख्यामा म्यानपावरमार्फत जानेको संख्या ५४ प्रतिशत भन्दा बढी हो।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाखमा ४५ हजार ४, जेठमा ६२ हजार ३ स्य ४४, असारमा ६२ हजार ८ सय ५३, साउनमा ६३ हजार ३९ र भदौमा ७६ हजार ४ सय ३ युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।

विभागकै अनुसार म्यानपावरमार्फत नयाँ काममा लागि बैशाखमा १७ हजार ४ सय ७८, जेठमा २९ हजार ३ सय ८२, असारमा ३५ हजार १ सय ३, साउनमा ३७ हजार ६ सय ८० र भदौमा ५० हजार ५० जना युवा रोजगारीका लागि विभिन्न देश पुगेका छन्।

१.JPG

नयाँ काममा लागि जानेमध्ये ४७ प्रतिशतको रोजाइमा मलेसिया

बैशाखदेखि भदौसम्म नयाँ काममा लागि म्यानपावरमार्फत श्रम स्वीकृति लिएर विदेश जाने कामदारको संख्या १ लाख ६७ हजार ६ सय ९३ रहेको छ। जसमा मलेसिया जानेको संख्या मध्ये ८० हजार ५ सय ९९ रहेको छ। यो संख्या नयाँ काममा लागि विदेश जानेको संख्यामा ४७.४९ प्रतिशत हो। 

२.JPG


प्रकाशित : बुधबार, असोज ५ २०७९०५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend