शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

भदौमा बैंकहरूमा थपियो ५२ अर्ब निक्षेप, पहिलो नबिल हुँदा चार बैंक ओरालोतर्फ, कुनकाे कति?

मंगलबार, असोज ४ २०७९
भदौमा बैंकहरूमा थपियो ५२ अर्ब निक्षेप, पहिलो नबिल हुँदा चार बैंक ओरालोतर्फ, कुनकाे कति?

बैंकहरुले पछिल्लो एक सातामै १२ अर्ब निक्षेप बढाएका छन्। चाडपर्व नजिकिएसँगै बैंकहरुमा आउने निक्षेप पनि लगातार बढी रहेको छ।

काठमाडौं- वाणिज्य बैंकहरुले भदौ महिनामा ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन्। २६ वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ८५ अर्ब ५१ करोड पुगेको छ। बैंकहरुले ऋण प्रवाह ४१ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ पुगेको छ। 

बैंकहरुले पछिल्लो एक सातामै १२ अर्ब निक्षेप बढाएका छन्। चाडपर्व नजिकिएसँगै बैंकहरुमा आउने निक्षेप पनि लगातार बढी रहेको छ।

२६ वाणिज्य मध्ये नबिलले सबैभन्दा धेरै ५ अर्ब रुपैयाँ निक्षेप बढाएर भदौमा ३ खर्ब ३१ अर्ब ३६ करोड रुपैयाँ पुर्‍याएको छ। 

त्यस्तै दोस्रोमा एनआईसी एसियाले पनि भदौमा निक्षेप ३ अर्ब बढाएर ३ खर्ब ८ अर्ब ९२ करोड निक्षेप पुर्‍याएको छ। एनसीसी, प्रभु, सानिमा र सिद्धार्थ बैंकको निक्षेप भने ओरोलो लागेको छ। 

कुनकाे कति?

bank.PNG

प्रकाशित : मंगलबार, असोज ४ २०७९११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend