बिहीबार , चैत १५ गते २०८०    
images
images

आयातमा अन्तर्राष्ट्रिय मूल्यवृद्धिको दबाब घट्यो

images
images
आयातमा अन्तर्राष्ट्रिय मूल्यवृद्धिको दबाब घट्यो

चालु खाता घाटको आकार अझै घट्न सकेको छैन। नियन्त्रित व्यापारमै चालु खाता घाटामा गएपछि खुला गर्दा फेरि घाटा तीव्र विस्तार हुने राष्ट्र बैंककै अधिकारीहरूको अनुमान छ। 

images
images

काठमाडौं- आयात नियन्त्रण तथा रेमिट्यान्समा वृद्धि हुँदा पनि अर्थतन्त्रमा बाह्य क्षेत्रको असन्तुलन कायमै छ। गएको आर्थिक वर्षभर बाह्य क्षेत्रमा दबाब रहेकोमा यो वर्षको पहिलो महिनासम्म पनि दबाब कायमै रहेको छ। 

images
images
images

आर्थिक वर्षको पहिलो महिना रेमिट्यान्स १२.५ प्रतिशतले बढेको छ। गत वर्षको साउनको तुलनामा यो वर्षको साउनमा ७२ करो ४० लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ। गत वर्षको साउनमा रेमिट्यान्स घट्दो ट्रेन्डमा थियो। नेपाली रुपैयाँमा भने रेमिट्यान्स २०.३ प्रतिशतले बढेको छ। 

images

त्यस्तै साउनमा आयात १२ प्रतिशतले घटेको छ। एकातिर आयातमा कमी अर्कोतिर रेमिट्यान्समा वृद्धि, सेवा खाता घाटमा सुधार हुँदा पनि मुलुकको शोधानान्तर २२ अर्ब ६३ करोडले घाटँमा रहेको छ। यद्यपि यो अघिल्लो वर्षको तुलनामा न्यून हो। गत वर्ष शोधानान्तरण स्थिति ३८ अर्बले घाटामा थियो। साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको यही अवधिमा ४७ अर्बले घाटामा थियो।
 
चालु आर्थिक वर्षको पहिलो महिनामै विदेशी मुद्राको सञ्चिति १.२ प्रतिशतले घटेको छ। आयात प्रतिबन्ध, रेमिट्यान्समा वृद्धि भएपनि विदेशी मुद्राको सञ्चिति साउनमै १२ करोड अमेरिकी डलर घटेको छ।

images
images

चालु खाता घाटको आकार अझै घट्न सकेको छैन। नियन्त्रित व्यापारमै चालु खाता घाटामा गएपछि खुला गर्दा फेरि घाटा तीव्र विस्तार हुने राष्ट्र बैंककै अधिकारीहरूको अनुमान छ। 

नियन्त्रित अन्तर्राष्ट्रिय व्यापारले गर्दा आयातको आँकडा केही घटेको छ। निर्यात पनि घटेको छ। तर यो बीचमा रेमिट्यान्समा वृद्धि देखिएको छ। वस्तुको मात्रामा आयात थोरै भएपनि अन्तर्राष्ट्रिय मूल्यवृद्धिका कारणले गर्दा मुलुकको बाह्य क्षेत्रमा चुनौति थपिएको थियो। 

बजारमा सिर्जना भएको मागलेभन्दा पनि अन्तर्राष्ट्रिय मूल्यवृद्धिकै कारणले गर्दा आयातका लागि धेरै रकम बाहिरिएको यो तथ्यांकले देखाउँछ। पेट्रोलियम पदार्थसँगै फलाम, गाडीका पार्टपुर्जा तथा ग्याजेट्सको पनि मूल्यवृद्धि भएको छ। समग्रमा धेरै आयात हुने सामग्रीको मात्राभन्दा पनि मूल्यवृद्धिका कारणले आयातमा उच्च वृद्धि देखिएको छ। 

राष्ट्र बैंकको तथ्यांक अनुसार गएको वर्षको साउनको तुलनामा यो वर्ष आयात हुने वस्तुको मूल्य १९.४ प्रतिशतले बढेको छ। अर्थात् गएको साउनमा जुन वस्तु एक सय रुपैयाँमा आयात हुन्थ्यो भने यो वर्ष बढेर ११९ रुपैयाँ पुगेको छ। प्रति युनिट मूल्यमै १९ प्रतिशत बढेको यो तथ्यांकले देखाउँछ। 

तर यस्तो युनिट मूल्यमा भएको वृद्धिदर साउनमा आएर मत्थर भएको छ। गएको वर्षको बैशाखदेखि तीव्र वृद्धि भएर असारमा उच्च बिन्दुमा अर्थात् २१.६ प्रतिशतले बढेको थियो। यो साउनमा केही मत्थर भएको छ। गएको साउनमा ९ प्रतिशत मात्र यस्तो मूल्यवृद्धि थियो। त्यो बढेर अन्तमा २१ प्रतिशत पुगेको थियो। यो वर्षको साउनदेखि घट्ने ट्रेन्डमा गएको हुनसक्ने राष्ट्र बैंकको अनुमान छ। यद्यपि आगामी महिनाका तथ्यांकबाट यसको स्पष्ट चित्र देखिने अधिकारीहरूको भनाइ छ। 

आन्तरिक बजारको साउनमा वार्षिक बिन्दुगत मूल्यवृद्धि ८.२६ प्रतिशत पुगेको छ। पछिल्ला महिनाहरुमा मूल्यवृद्धि निरन्तर उकालो लाग्दै आएको छ। गत वर्षको साउनमा यस्तो मूल्यवृद्धि ४.३५ प्रतिशत थियो। 

images

प्रकाशित : मंगलबार, असोज ४ २०७९०९:०१

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ