बिहीबार , वैशाख १३ गते २०८१    
images
images

ऋणको ब्याजदर ८ प्रतिशतसम्म बढ्यो, सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंक हुँदा अन्यको कति?

images
images
images
ऋणको ब्याजदर ८ प्रतिशतसम्म बढ्यो, सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंक हुँदा अन्यको कति?
images
images

काठमाडौं- वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएसँगै ऋणको ब्याजदर पनि बढाएका छन्। निक्षेपमा १५ प्रतिशत ब्याज दिने अफर दिएका बैंकहरूले ऋणको ब्याजदर १७ प्रतिशतसम्म तोकेका छन्। बैंकहरूले असोज १ देखि नै ऋणको ब्याजदर १७ प्रतिशत पुर्‍याएका छन्।

images
images
images

नेपाल बैंकर्स संघले फागुनपछि ब्याजदर बढाउन खुला गरेसँगै निक्षेप र ऋण दुवैको ब्याजदर बढेको हो। 

images

वाणिज्य बैंकहरूको आधार ब्याजदर १०.७३ प्रतिशत रहेको छ। धेरै बैंकहरूको आधारदर ९.६३ प्रतिशतभन्दा पनि कम रहेको छ। बैंकबाट ऋण लिँदा आधारदरमा ८ प्रतिशतसम्म प्रिमियम थप्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ। यो अधारमा बैंकबाट कर्जा लिँदा अधिकतम १७.७३ प्रतिशत ब्याजदर लिन पाउने छन्। 

images

एभरेष्ट बैंकको ८.९२, स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.०२, कृषि विकास बैंकको ८.९, राष्ट्रिय वाणिज्य बैंकको ७.८६, ग्लोबल आइएमई बैंकको ९.४, सिद्धार्थ बैंकको ९.५, नेपाल बैंकको ८.३९, सानिमा बैंकको ९.०२, प्रभु बैंकको ९.४२, नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ। सिभिल बैंकको आधारदर १०.७३ प्रतिशत रहेको छ।

images
images

कुनको ब्याजदर कति?

बैंक अफ काठमाण्डूको आधारदर १०.४ प्रतिशत रहेको छ। त्यसमा ८ प्रतिशत प्रिमियम थप्दा कर्जाको ब्याज १८.०४ प्रतिशतसम्म पुग्नेछ।

राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा कम ब्याज रहेको छ। सरकारी स्वामित्व रहेका राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा अधिकतम १२.८६ प्रतिशत ब्याज लाग्नेछ।

प्राइम बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशत ब्याज लाग्नेछ। बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ। त्यसमा ९.९९ प्रतिशत प्रिमियम थपिनेछ।

नबिल बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशत ब्याज लाग्नेछ। बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ। त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ।

एनएमबी बैंकको कर्जा लिँदा १५.९७ प्रतिशत ब्याज लाग्नेछ। बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ। त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ। 

यस्तै कृषि विकास बैंकबाट कर्जा लिँदा १३.९ प्रतिशत ब्याज लाग्ने छ। बैंकको आधारदर ८.९ प्रतिशत रहेको छ। त्यसमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिनेछ।

नेपाल बैंकबाट कर्जा लिँदा १३.८९ प्रतिशत ब्याज लाग्ने छ। बैंकको आधारदर ८.३९ प्रतिशत रहेको छ। 

लक्ष्मी बैंकबाट कर्जा लिँदा १५.९९ प्रतिशत अधिकतम ब्याज लाग्नेछ। बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ। त्यसमा अधिकतम ६ प्रतिशत प्रिमियम थपिनेछ। 

मेगा बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशत ब्याज लाग्नेछ। अहिले बैंकको आधारदर १०.१९ प्रतिशत रहेको छ। त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ।

कुमारी बैंकबाट कर्जा लिँदा १६.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ। बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ। त्यसमा अधिकतम ६.५ प्रतिशत प्रिमिमय थपिनेछ।

एभरेष्ट बैंकबाट कर्जा लिँदा अधिकतम १५.९२ प्रतिशकत ब्याज लाग्नेछ। बैंकको आधारदर ८.९२ प्रतिशत रहेको छ। त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ।

एनआईसी एसिया बैंकबाट कर्जा लिँदा १६.५४ प्रतिशतसम्म ब्याज लाग्नेछ। बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ। त्यसमा अधिकतम ६.५ प्रतिशतसम्म प्रिमियम थपिनेछ।

नेपाल एसबीआई बैंकबाट कर्जा लिँदा अधिकतम १६ प्रतिशत ब्याज लाग्ने छ। बैंकको आधारदर १० प्रतिशत रहेको छ। आधारदरमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

एनसीसी बैंकबाट कर्जा लिँदा १७.१७ प्रतिशतसम्म ब्याज लाग्ने छ। बैंकको आधारदर १०.१७ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ।

माछापुच्छ्रे बैंकबाट कर्जा लिँदा अधिकतम १७.४५ प्रतिशत ब्याज लाग्ने छ। बैंकको आधारदर ९.९५ प्रतिशत रहेको छ। त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिनेछ।

हिमालयन बैंकबाट कर्जा लिँदा १५.८८ प्रतिशत ब्याज लाग्नेछ। जसको आधारदर ९.८८ प्रतिशत रहेको छ भने त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ। 

स्टयान्डर्ड चार्टर्ड बैंकबाट कर्जा लिँदा १५.९ प्रतिशत ब्याज लाग्नेछ। बैंकको आधारदर ८.४ प्रतिशत रहेको छ। त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिनेछ।

सनराइज बैंकबाट कर्जा लिँदा १७.४२ प्रतिशत ब्याज लाग्नेछ। बैंकको आधारदर १०.४२ प्रतिशत रहेको छ। कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ।

नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ९.०२ प्रतिशत रहेकोछ। बैंकबाट कर्जा लिँदा ७ प्रतिशत प्रिमियम सहित १६.०२ प्रतिशत ब्याज लाग्नेछ।

यस्तै सेन्चुरी बैंकबाट कर्जा लिँदा १७.४ प्रतिशत कर्जा लाग्नेछ। बैंकको आधारदर १०.४ प्रतिशत रहेको छ। आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ।

सिटिजन्स बैंकबाट कर्जा लिँदा १६.५५ प्रतिशत ब्याज लाग्नेछ। बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ। आधारदरमा ६ प्रतिशत प्रिमियम थपिनेछ।

ग्लोबल आइएमई बैंकबाट कर्जा लिँदा १५.४ प्रतिशत ब्याज लाग्नेछ। बैंकको आधारदर ९.४० प्रतिशत रहेको छ। त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५.५ प्रतिशत ब्याज लाग्नेछ। बैंकको आधारदर ९.५ प्रतिशत रहेको छ। त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ।

सानिमा बैंकबाट कर्जा लिनुपरेमा १६.०६ प्रतिशत ब्याज लाग्नेछ। बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ।

प्रभु बैंकबाट कर्जा लिँदा १६.४२ प्रतिशतसम्म ब्याज लाग्नेछ। बैंकको आधारदर ९.४२ प्रतिशत रहेको छ। त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ।

images

प्रकाशित : मंगलबार, असोज ४ २०७९०४:५९

प्रतिक्रिया दिनुहोस