शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

चीनमा विद्युतीय सवारीको तीब्र विस्तार, नयाँ कार बिक्रीमा २६ प्रतिशत हिस्सा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ४ २०७९
images
चीनमा विद्युतीय सवारीको तीब्र विस्तार, नयाँ कार बिक्रीमा २६ प्रतिशत  हिस्सा

सन् २०२२ को छ महिनाको तथ्यांकअनुसार चीनमा एक सयवटा नयाँ कार बिक्री हुँदा त्यसमा २६ वटा ईभी हुने गरेका छन्। यो संसारका कुनै पनि देशको तुलनामा उच्च अनुपात हो। 

images
images

काठमाडौं- सन् २०२२ को पहिलो छ महिनामा संसारभर विद्युतीय सवारीसाधनको बिक्री ६३ प्रतिशतले बढेको छ। बजार अनुसन्धान संस्था क्यान्लेजको अध्ययनअनुसार यो अवधिमा ४२ लाख सवारीसाधन बिक्री भएका छन्। यो बिक्री सन् २०२१ को यही अवधिको तुलनामा ६३ प्रतिशत बढी हो। 

images
images
images

विद्युतीय सवारीमा ब्याट्री तथा प्लगइन हाइब्रिडको संख्या पनि समावेश गरिएको छ। 

images
images

बजारमा विद्युतीय सवारीको माग बढ्दै जाँदा उत्पादक कम्पनीले पनि नयाँ मोडल बजारमा ल्याइरहेका छन्। विद्युतीय सवारीका लागि अध्यन तथा अनुसन्धान हुँदै जाँदा नयाँ तथा सुविधासहितका सवारी पनि बजारमा आइरहेका छन्। यो वर्ष इन्धनको मूल्यमा भएको उच्च वृद्धि, संसारभरका सरकारले ईभीमा दिएको प्रोत्साहनले बजारमा माग सिर्जनामा भूमिका खेलेको छ। 

images
images

अध्ययनअनुसार संसारमा सबैभन्दा धेरै विद्युतीय सवारी साधनको बिक्री चीनमा भएको छ। सन् २०२२ को छ महिनामा संसारमा बिक्री भएकामध्ये ५७ प्रतिशत साधन चीनमा बिक्री भएका छन्। अर्थात् चीनको मुख्यभूमिमा मात्र २४ लाख साधन बिक्री भएका छन्। चीनमा कुल कार बिक्रीमा विद्युतीयको हिस्सा २६ प्रतिशत रहेको छ। सन् २०२१ मा यस्तो हिस्सा जम्मा १० प्रतिशत थियो। 

चीन संसारकै सबैभन्दा ठूलो ईभी बजार हो। चीनमा सन् २०२२ को छ महिनामा अघिल्लो वर्षको तुलनामा दोबरले वृद्धि भएको छ। चीनले विद्युतीय सवारीको उत्पादनदेखि उपभोगसम्म  प्रोत्साहन गर्ने नीति लिएको छ। यही कारणले गर्दा विद्युतीय सवारीको क्षेत्रमा नेतृत्व गर्ने अवस्थामा पुगेको छ। सन् २०२२ को छ महिनाको तथ्यांकअनुसार चीनमा एक सयवटा नयाँ कार बिक्री हुँदा त्यसमा २६ वटा इभी हुने गरेका छन्। यो संसारका कुनै पनि देशको तुलनामा उच्च अनुपात हो। 

युरोपमा ११ लाख सवारी बिक्री भएका छन्। युरोपमा पनि कुल कारको बिक्रीमा विद्युतीयको हिस्सा २० प्रतिशत पुगेको छ। सन् २०२१ मा यस्तो हिस्सा १६ प्रतिशत थियो। युरोपियन मुलुकहरूले विद्युतीय सवारीलाई प्रबर्द्धन गर्ने नीति लिएका छन्। सन् २०२१ सम्म राम्रै वृद्धि भएपनि यो वर्षको आर्थिक शिथिलताको प्रभाव समग्र अटोमोबाइलको बिक्रीमा देखिएको अध्ययनको निष्कर्ष छ।

चीनको तुलनामा अमेरिकामा ईभीको बजार सानो रहेको छ। अमेरिकामा जम्मा ४ लाख १४ हजार साधान योबीचमा बिक्री भएका छन्। 

अमेरिकामा जो वाइडेनले शासनसत्ता सम्हालेयता अमेरिका पनि विद्युतीय सवारी उत्पादन तथा प्रयोगमा आक्रामक देखिएको छ। अमेरिकाले सार्वजनिक स्थानमा सबै सवारीलाई सहज हुने गरि चार्जिङ स्टेसन निर्माण गर्न अर्बौं डलर लगानीको घोषणा गरिसकेको छ। त्यस्तै हालै अमेरिकाले विद्युतीय सवारी प्रयोगकर्तालाई कर सहुलियत दिने सम्बन्धि कानून समेत पास गरिसकेको छ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतले पनि विद्युतीय सवारी उत्पादनमा विशेष जोड दिएको छ। भारतीय कम्पनीहरू टाटा, महिन्द्रालगायत पनि विद्युतीय सवारी उत्पादनमा केन्द्रित भएका छन्। यसले चीनसँगै विश्वका सबैजसो देश विद्युतीय सवारी उत्पादन र प्रयोगमा अग्रसर भएका छन्।


प्रकाशित : मंगलबार, असोज ४ २०७९०३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend