शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

'भीसा डाइरेक्ट' बाट एनएमबी बैंकको खातामा पैसा पठाउन मिल्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ३ २०७९
'भीसा डाइरेक्ट' बाट एनएमबी बैंकको खातामा पैसा पठाउन मिल्ने

भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई यो सुविधा दिन लागेको हो ।

काठमाडौं-  एनएमबी बैंकले भीसा डाइरेक्ट सेवा ल्याएको छ। भुक्तानी सेवालाई सरल बनाउनका लागि यो सेवा ल्याइएको बैंकले जानकारी दिएको छ। 

यो सेवामा  बैंकको खातामा विश्वका विभिन्न देशबाट ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ। उक्त रकम एनएमबी भिसा डेबिट (बैंक खाता) मा प्राप्त गर्न सकिने छ। 

भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई यो सुविधा दिन लागेको हो ।

बैंकका अनुसार अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब लगायत विश्वका १०० बढी देशबाट भीसा डाइरेक्ट प्लेटफर्म प्रयोग गरेर पठाएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सकिने छ ।

यसबाट रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ। यो सेवा समावेश भएसँगै एनएमबि भिसा कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ। 

यसरी रकम पठाउने विदेशी तथा स्वदेशी नागरिकले आफ्नो मोबाइल अथवा इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् ।

 


प्रकाशित : सोमबार, असोज ३ २०७९१२:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend