शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अध्यन्तले धितोपत्र बोर्डबाट पायो लगानी कोष प्रबन्धकको अनुमति 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ३ २०७९
अध्यन्तले धितोपत्र बोर्डबाट पायो लगानी कोष प्रबन्धकको अनुमति 

रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्ने आध्यन्तका संस्थापक मनोज पौडेलले बताए। 

काठमाडौं- आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र पाएको छ। 

विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न बोर्डले अनुमति दिएको छ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच दिँदै आएको छ। 

रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्ने आध्यन्तका संस्थापक मनोज पौडेलले बताए। 

आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए । 

 


प्रकाशित : सोमबार, असोज ३ २०७९१२:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend