शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

पहिराका कारण ग्रामीण सडक बन्द हुँदा रसुवाको आलु अलपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ३ २०७९
images
images
पहिराका कारण ग्रामीण सडक बन्द हुँदा रसुवाको आलु अलपत्र
images
images

रसुवा- पहिराले ग्रामीण सडकमा क्षति पुर्‍याएपछि उत्तरी रसुवाको ब्रावल तथा ठूलो स्याफ्रु क्षेत्रमा उत्पादित आलु स्थानीयस्तरमै अलपत्र परेको छ।

images
images

निरन्तरको वर्षाले सानुभार्खु एवं ब्रावल खोल्छालगायत स्थानमा सडक अवरुद्ध भई सवारीसाधनको आवतजावत बन्द भएपछि व्यापारिक केन्द्रमा आलु ढुवानी गर्न समस्या उत्पन्न भएको हो।

images
images

स्याफ्रु ब्रावलका आलु उत्पादक किसान सिङ्गबहादुर तामाङका अनुसार सडक अवरुद्ध हुँदा बिक्रीका लागि तयार गरिएको २० ट्रकभन्दा बढी आलु स्थानीयस्तरमै अलपत्र परेको हो। बजार मूल्यअनुसार ४० लाखभन्दा बढीको आलु ढुवानी हुन नसक्दा दर्जनौँ किसानलाई समस्या परेको हो।

images
images

वडादसैँ नजिकँदै गएको र आलु बिक्रीबाट प्राप्त आयले चामल खरिद गर्नुपर्ने बाध्यता रही आएका कारण ग्रामीण सडक सुचारू गरी दिन सरोकारवाला निकायसँग आग्रह गरिएको कृषक तामाङले बताए। उत्तरी रसुवाको ब्रावल तथा ठूलोस्याफ्रुमा धान उत्पादन हुँदैन। यहाँ कोदो, मकै, फापर जस्ता कृषिजन्य खाद्यान्न र तरकारीतर्फ, रायो साग, मुला, बन्दा, सिमी, काउली एवं फलफूलतर्फ स्याउ उत्पादन हुने गरेको छ।

लाङ्टाङ जाने पर्यटकीय पदमार्ग रहेका कारण आगन्तुक पाहुनालाई स्थानीयस्तरमा उत्पादित कृषि उपजबाट भोजन तयार गर्ने गरिएको छ। गतलाङ क्षेत्रमा उत्पादित आलु भने व्यापारिक केन्द्रमा ढुवानी भइरहेको छ। गतलाङका किसान मार लामाका अनुसार आलु ढुवानीका लागि पासाङल्हामु मार्गअन्तर्गत रसुवाको बनुवा खण्डको भागमा पहिराले सडक अवरुद्ध गराए पनि धारापानी बेल्चौर खण्डको ग्रामीण सडक चालु रहेका कारण मिनी ट्रकबाट आलु ढुवानी भइरहेको छ। रासस


प्रकाशित : सोमबार, असोज ३ २०७९१०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend