शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आधा मूल्य घटेर सेयर सस्तो भएका आकर्षक तीन हाइड्रोपावर कम्पनी, कुन कम्पनीका लगानीकर्तालाई के फाइदा?

मंगलबार, असोज ४ २०७९
आधा मूल्य घटेर सेयर सस्तो भएका आकर्षक तीन हाइड्रोपावर कम्पनी, कुन कम्पनीका लगानीकर्तालाई के फाइदा?

काठमाडौं- पछिल्लो समय हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च मूल्यबाट घटेर आधाभन्दा बढी सस्तो भइसकेको छ। कम्पनीको सेयर मूल्य लगतार घट्दा कतिपय कम्पनीको मूल्य आईपीओ सरह हुन आइसकेको छ। जसका कारण पनि दोस्रो बजारमा हाइड्रो पावरको सेयर किनेर केही समय होल्ड गर्न सक्नेहरू मालामाल हुन सक्छन्।

विगतमा पनि हाइड्रोपावरको सेयर मूल्य घटेर ५० रुपैयाँसम्म प्रतिकित्तामा कारोबार भएको थियो। उक्त समयमा सेयर किन्नेहरूले बजार ३१९९ अंकमा पुग्दा लगानीकर्ताहरूले दोबरभन्दा बढी नाफा कमाउन सफल भएका थिए।

कम्पनीको सेयर मूल्य बढेर कतिपय हाइड्रो पावरको सेयर मूल्य १५ सय रुपैयाँसम्म कारोबार भएका थिए। अहिले घटेर आधा भएका छन्। ५ सय मूल्यसम्म पुगेको सेयर मूल्य घटेर २ सय रुपैयाँमा कारोबार भइरहेका छन्। 

यी तीन हाइड्रो पावर कम्पनी

अपी पावर 

अपी पावर कम्पनी लिमिटेडको सेयर मूल्य घटेर प्रतिकित्ता २१८.२० रुपैयाँमा आइपुगेको छ। कुनै समय ७ सय रुपैयाँ पुगेको सेयर मूल्य घटेर २१८ मा आइपुगेको हो। यो सेयर मूल्य तीन वर्षयताकै सस्तो भएको छ। कम्पनीको सेयर मूल्य एकवर्षमा ५५ प्रतिशतसम्मले घटेको छ। गतवर्ष १०.५० प्रतिशतसम्म लाभांश दिएको कम्पनीको गतवर्षको वित्तीय विवरण आकर्षक रहेका छन्। 

कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ५१ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.३५ प्रतिशत बढी हो। विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ११.८५ प्रतिशत बढेर १४ करोड १० लाख रुपैयाँ पुगेको छ। 

api 11.PNG

समीक्षा अवधीमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ८६.२४ प्रतिशत घटेको छ भने कुल आम्दानी २२.५८ प्रतिशत बढेको छ। ३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ५.९८ प्रतिशत बढेर २९ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४३ पैसा घटेर ३ रुपैयाँ ६७ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिसेयर आम्दानी घट्न पुगेको हो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६६.६६ गुणा रहेको छ।

माउन्टेन इनर्जी 

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गतवर्ष मात्रै आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबारमा आएको हो। कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। आईपीओपछि दोस्रो बजारमा आउदा कम्पनीको सेयर मूल्य बढेर १६ सय रुपैयाँसम्म पुगेको थियो। अहिले कम्पनीको सेयर मूल्य घटेर ७४० प्रतिकित्ता रुपैयाँमा कारोबार भइरहेको छ।  

menne.PNG

माउन्टेन इनर्जीले दुई जलविद्युत कम्पनीलाई प्राप्ति (एक्जिसन) गरेको छ । माउन्टेन इनर्जीले रोवष्ट इनर्जी लिमिटेड र आधिशक्ति विद्युत विकास कम्पनी लिमिटेडलाई प्राप्ती गरिसकेको छ। 

कम्पनीको एकवर्षको अवधीमै ४२ प्रतिशतले सेयर मूल्य घटेको छ। कम्पनीले गतवर्ष ६१ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५१.३९ रुपैयाँ रहेको छ। भने प्रतिसेयर आम्दानी ३१.०५ रहेको छ। भने पीई रेसियो २५.२५ गुणा रहेको छ। 

लिवर्टी इनर्जी 

सस्तो मूल्यमै पाउन थालेपछि लिवर्टी इनर्जीको सेयर मूल्य पनि एकवर्ष यता घटेर २२८ रुपैयाँमा आइपुगेको छ। आइतबार पनि १४.७० रुपैयाँले घटेर २२८ रुपैयाँमा आइपुगेको हो। एकवर्ष अगाडि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँसम्म पुगेको थियो। दोस्रो बजारमा दुई वर्षअगाडि सेयर मूल्य बढेर ५३० रुपैयाँ रहेको थियो।

lec 111.PNG

१५ करोड चुक्ता पुँजी भएको कम्पनीको बजार बजार पुँजीकरण ३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। कम्पनीको पछिल्लो एकवर्षमा सेयर मूल्य ४५ प्रतिशतले घटेको छ। 

कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.०४ रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी भने ऋणत्मक रहेको छ। २ करोड ८४ लाख रुपैयाँमा घाटामा रहेको छ। कम्पनीले २ वटा जलविद्युत आयोजनालाई अगाडि बढाइरहेको छ। लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए निर्माण सम्पन्न गरेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ।


प्रकाशित : मंगलबार, असोज ४ २०७९०१:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend