शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री अच्युत वाग्ले

प्रा.डा. वाग्ले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम)मा एसोसियट डिन थिए

आइतबार, असोज २ २०७९
काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री अच्युत वाग्ले

विश्वविद्यलायका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन्।

काठमाडौं- अर्थशास्त्री तथा प्राध्यापक डा. अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफरिसमा वाग्ले नियुक्त भएका हुन्।

विश्वविद्यलायका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन्।

प्रा.डा. वाग्ले काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम)मा एसोसियट डिन थिए । त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यलायबाट अर्थशास्त्रमा एमएस्सी गरेका वाग्लेले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट आफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन् । उनी वित्तीय संघीयता, वित्त तथा अर्थनीतिका विशेषज्ञ अर्थशास्त्रीका रुपमा चर्चित छन् ।

उनी नेपालका एक चर्चित अर्थराजनीतिक विश्लेषक र धेरै पाठकको रुचीका स्तम्भकार समेत हुन् । उनले कान्तिपुर तथा द काठमान्डु पोष्टमा नियमित रुपमा स्तम्भ लेख्दै आएका छन्।

केयुका निवर्तमान रजिष्ट्रार प्राध्यापक सुवोध शर्माको कार्यकाल भदौ मसान्तमका सकिएको थियो ।


प्रकाशित : आइतबार, असोज २ २०७९०८:५६
  • सम्बन्धित विषय:

  • # KU
  • # Kathmandu University
  • # Registrar
  • # Economist


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend