शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोक्रर कम्पनीको लाइसेन्स वितरणका लागि आवेदन खुला

आइतबार, असोज २ २०७९
स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोक्रर कम्पनीको लाइसेन्स वितरणका लागि आवेदन खुला

काठमाडौं- नेपाल धितोपत्र बोर्डले एकैपटक स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल लाइसेन्स खुलाएको छ। बोर्डले आइतबार एक सूचना जारी गर्दै लाइसेन्सका लागि आवेदन खुलाएको हो।

केही दिनअगाडि मात्रै सरकारले विनियमावली पारित गरेको थियो। बोर्डर्ल एउटा स्टक एक्सचेञ्ज थप्न दिने निर्णयअनुसार सूचना जारी गरेको छ। स्टकका लागि ४५ दिनभित्र आवेदन दिनुपर्ने छ।

dalala.JPG

यसैगरी बोर्डले कमोडिटी एक्सचेञ्जको लाइसेन्स आवेदन पनि खुलf गर्दै आवेदन मागको छ। बोर्डले दुईवटा कमोडिटी एक्सचेञ्ज कम्पनी खोल्ने दिने भएको छ। यसका लागि पनि आवेदन दिने समय ४५ दिन नै राखिएको छ।

biniya.JPG

यसैगरी बोर्डले सेयर बोक्रर कम्पनी पनि थप्ने गरी आवेदन मागेको छ। यसका लागि आवेदन दिन ३० दिनको समय दिइएको छ।

dalala.JPG


प्रकाशित : आइतबार, असोज २ २०७९०३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend