आइतबार, मंसिर ९ गते २०८१    
images
images

१२ वर्षयताकै सस्तो मूल्यमा नेपाल लाइफको सेयर, इतिहासकै थोरै लाभांश प्रस्तावले लगानीकर्ता झनै त्रासमा

images
आइतबार, असोज २ २०७९
images
images
१२ वर्षयताकै सस्तो मूल्यमा नेपाल लाइफको सेयर, इतिहासकै थोरै लाभांश प्रस्तावले लगानीकर्ता झनै त्रासमा

कम्पनीले इतिहासमा लगानीकर्तालाई १२६ प्रतिशतसम्म लाभांश दिएको थियो। १० वर्ष अगाडि नै कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दिएको इतिहास रहेको छ। 

images
images

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले लगानीकर्तालाई लाभांश घोषणामार्फत थप निराश बनाएको छ। कम्पनीले कुल १५.७८९५ नगद लाभांश प्रस्ताव गरेको छ। जुन इतिहासमै निराशाजनक लाभांश हो।

images
images
images

एक दशककै सस्तो मूल्यमा दोस्रो बजारमा आएको कम्पनीको सेयर मूल्य लाभांश घोषणाले झनै घट्ने देखिएको छ। कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँबाट १५.७८९५ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

images

कम्पनीले इतिहासमा लगानीकर्तालाई १२६ प्रतिशतसम्म लाभांश दिएको थियो। १० वर्ष अगाडि नै कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दिएको इतिहास रहेको छ। 

images

गत वर्षदेखि प्रतिकित्ता मूल्य ३००० सम्म पुगेको सेयर मूल्य लगातार घटिरहेको छ। शुक्रबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३४ रुपैयाँमा आइपुगेको छ। जुन मूल्य १२ वर्षयताकै सस्तो हो। 

nlic 111.PNG

१० वर्षअगाडि कम्पनीको सेयर मूल्य ७ सय हाराहारी रहेको थियो। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ६३४ रुपैयाँमा आइपुगेको छ।

लाभांश इतिहास 

nlic.PNG

लाभांश कम भएपनि सूचकमा अझै अब्बल

नेपाल लाइफ इन्स्योरेन्स नोक्सानीमा रहेपनि अधिकांश सूचकमा आफ्नो अग्रता कायमै राख्न सफल भएको छ। चुक्ता पुँजी सबै भन्दा धेरै रहेको नेपाल लाइफ जीवन बीमा क्षेत्रमा क्रियाशील र सेयर बजारमा सूचीकृतमध्ये बलियो कम्पनी हो ।

तर गत आर्थिक वर्षको असारसम्ममा भने नेपाल लाइफले सबै भन्दा धेरै ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्योहोर्नु परेको छ। कम्पनीले नोक्सानीको लागि व्यवस्था बापत रकम छुट्याउँदा नोक्सानी व्यहोर्नु परेको जनाएको छ।

चुक्ता पुँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, जीवन बीमा कोष र कुल बीमाशुल्कमा भने अग्रता कायमै राख्न सफल भएको छ। खुद बीमाशुल्क एक खर्ब माथि, नेपाल लाइफको मात्रै करिब ३५ अर्ब योगदान रहेको छ। 

नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल १ खर्ब ४ अर्ब १४ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। त्यसमा नेपाल लाइफको मात्रै ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : आइतबार, असोज २ २०७९०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend