शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

संसारभरका ३३११ अर्बपति : कुन देशमा कति बस्छन् 

शनिबार, असोज १ २०७९
संसारभरका ३३११ अर्बपति : कुन देशमा कति बस्छन् 

क्षेत्रगत हिसाबमा संसारका सबैभन्दा धेरै धनाढ्यहरु उत्तर अमेरिकामा बस्छन्। उत्तर अमेरिकामा १ हजार ३५ जना अर्बपतिहरु बस्छन् र उनीहरुको कुल सम्पत्ति ४६ खर्ब अमेरिकी डलर रहेको छ। 

काठमाडौं- संसारमा ३ हजार ३ सय ११ जना अर्बपतिहरु रहेको तथ्यांक छ। उनीहरुको व्यक्तिगत सम्पत्ति जोड्दा १ सय १८ खर्ब(११.८ ट्रिलियन) अमेरिकी डलर हुन्छ। 

संसारभर धनीहरु अझै धनी हुनेक्रम बढ्दो छ। हरेक वर्ष अर्बपतिहरुको संख्खा बढ्दै गएको तथ्यांकहरुले देखाएका छन्। २०२१ मा विश्वभर अर्बपतिहरुको संख्या २०२० को तुलनामा ३ प्रतिशतले बढेको हो। तर सोही अवधिमा अर्बपतिहरुको सम्पत्ति भने १८ प्रतिशत बढेको थियो। 

क्षेत्रगत हिसाबमा संसारका सबैभन्दा धेरै धनाढ्यहरु उत्तर अमेरिकामा बस्छन्। उत्तर अमेरिकामा १ हजार ३५ जना अर्बपतिहरु बस्छन् र उनीहरुको कुल सम्पत्ति ४६ खर्ब अमेरिकी डलर रहेको छ। 

त्यस्तै क्षेत्रगत रुपमा दोस्रो धेरै अर्बपतिहरु युरोपमा ९ सय ५४ जना, तेस्रोमा एसियामा ८ सय ९९ जना बस्छन्। यसैगरि एसियापछि मध्यपूर्वमा १ सय ९१ जना, ल्याटिन अमेरिका र क्यारेबियनमा १ सय ४६ जना, अफ्रिकामा ४६ जना र प्यासिफिक क्षेत्रमा ४० जना अर्बपतिहरु रहेको वेल्थ-एक्स बिलेनियर सेन्सनमा रहेको तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले लेखेको छ। 

युरोपेली क्षेत्रका अर्बपतिहरुसँग ३१ खर्ब डलर, एसियनसँग २९ खर्ब, मध्यपूर्वीसँग ५ खर्ब १९ अर्ब, ल्याटिन अमेरिकी र क्यारेबियनसँग ४ अर्ब ६५ अर्ब, अफ्रिकीसँग १ खर्ब ४ अर्ब र प्यासिफिकका धनाढ्यसँग ८९ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ। 

क्षेत्रगत रुपमा युरोपेली अर्बपतिहरुको सम्पत्ति तीब्र गतिमा बढिरहेको छ। वार्षिक रुपमा हेर्दा मध्यपूर्वका अर्बपतिहरुको सम्पत्ति २०२१ मा १२.५ प्रतिशत ऋणात्मक देखिएको हो। यता एसियाली अर्बपतिहरुको सम्पत्ति वृद्धि युरोपकोभन्दा बढी हुने अवस्थामा पुगिसकेको छ। 

ठूलो क्षेत्र भएपनि अफ्रिकामा हाल ४६ जनामात्र अर्बपतिहरु रहेका छन्। निकट भविष्यमा अफ्रिका क्षेत्रमा अर्बपतिहरुको संख्या र उनीहरुको सम्पत्तिसमेत बढ्ने प्रक्षेपण गरिएको छ। २०२१ मा अफ्रिकी अर्बपतिहरुको सम्पत्ति १७ प्रतिशतले वृद्धि भएको थियो। 

देशअनुसार सबैभन्दा धेरै अर्बपतिहरु अमेरिकामा बस्छन्। अमेरिकामा विश्वभर रहेको ३३ सय ११ जना मध्ये ९ सय ७५ जना अमेरिकामै बस्छन्। सो संख्याका अमेरिकीहरुको कुल सम्पत्ति ४४ खर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ। त्यस्तै दोस्रो धेरै अर्बपति चीनमा बस्छन्। चीनमा ४ सय जना अर्बपति बस्छन् र उनीहरुको कुल सम्पत्ति १४ खर्ब ५० अर्ब डलरभन्दा बढी रहेको छ। 

देशअनुसार अर्बपतिको संख्या र उनीहरुको कुल सम्पत्ति 

arbapati desh.PNG

संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्क हुन्। उनको सम्पक्ति २ सय ७३ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ। उनी चर्चित अकेरिकी कार कम्पनी टेस्ला र स्पेस एक्सका मालिक हुन्। उनीपछि दोस्रो धनी व्यक्ति जेफ बेजोस हुन् भने तेस्रो स्थानमा नवउदयीमान भारतीय अर्बपति गौतम अडानी पुगेका छन्। 

२०२२ मा विश्वभर धनाढ्यहरुको संख्या बढ्ने देखिएको छ। संसारभरका अर्बपतिहरुको कुल सम्पत्तिको विश्वको जीडीपीको करिब ११.८ प्रतिशत रहेको छ। गएको एक दशकमा विश्वभरका धनाढ्यहरुको कुल सम्पत्ति ९० प्रतिशतले बढेको छ। 


प्रकाशित : शनिबार, असोज १ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend