शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

दुई ठूला लघुवित्त 'साना किसान' र 'आरएमडीसी' मर्जरमा जाने सहमति, यस्तो बन्नेछ देशकै ठूलो लघुवित्त

शनिबार, असोज १ २०७९
दुई ठूला लघुवित्त 'साना किसान' र 'आरएमडीसी' मर्जरमा जाने सहमति, यस्तो बन्नेछ देशकै ठूलो लघुवित्त

काठमाडौं- नेपालका प्रतिष्ठित एवम् प्रमुख दुई थोक-कर्जा प्रदायक लघुवित्त संस्थाहरू क्रमशः साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
 
मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ।  साथै, दुवै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर १००: ८७ कायम हुने गरी सेयर आदान प्रदान अनुपात स्वाप रेसियो कायम गर्ने समेत सहमति भएको छ ।
 
मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष  ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब पुग्नेछ।

नेपाल सरकार, अर्थमन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोख्रेलको प्रमुख आतिथ्यमा ईन्द्रेणी होटेल, नयाँ बानेश्वरमा मिति २०७९ भाद्र ३१ गते शुक्रबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा  भएको हो। 

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष श्री खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक श्री उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लि का अध्यक्ष  सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गर्नु भएको थियो।


प्रकाशित : शनिबार, असोज १ २०७९०६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend