शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

भारत र बंगलादेशमा विद्युत व्यापारको बाटो खुलेसँगै निजी क्षेत्रले धमाधम हाइड्रोपावरमा लगानी बढाउँदै

दुई महिनामै आधा खर्ब लगानी प्रतिबद्धता 

images
शनिबार, असोज १ २०७९
images
images
भारत र बंगलादेशमा विद्युत व्यापारको बाटो खुलेसँगै निजी क्षेत्रले धमाधम हाइड्रोपावरमा लगानी बढाउँदै
images
images

काठमाडौं- जलविद्युतमा धमाधम निजी क्षेत्रबाट लगानी थपिएको छ। चालु आर्थिक वर्षको दुई महिनामै ४८ अर्ब १७ करोड ९४ रुपैयाँ लगानी आएको छ।

images
images

सरकारी तवरबाट ठूला ठूला आयोजनामा लगानी भित्रिरहेका बेला निजी क्षेत्रबाट पनि दुई महिनामै १४ आयोजनामा २५६.५७ मेगावाट क्षमता निर्माणका लागि झण्डै आधा खर्ब लगानीको प्रतिबद्धता आएको हो। सरकारले आरोआरको पीपीएमा अझै रोक लगाइरहे पनि अन्य आयोजनामा भने लगानी आइरहेको हो। 

images
images

नेपाल विद्युत प्राधिकरणले बनाउन लागेको माथिल्लो अरुणमा ५३ अर्ब लगानी जुटिसकेको छ। माथिल्लो कर्णाली तथा एसआर ६ पनि सरकारले भारतीय कम्पनीलाई जिम्मा दिइसकेको छ। भारतीय बजार र बंगलादेशमा बिजुली बिक्रीको बाटो खुलेसँगै साना र ठूला लगानी आउने देखिएको छ। 

images
images

सुम्रिमा हाइड्रोपावर कम्पनी प्रा.ली (पिखुवा पशुपति जलविद्युत आयोजना) भोजपुर जिल्लामा रहेको छ। ४.१० मेगावाट बिजुली उत्पादन हुने उक्त आयोजना भोजपुर नगरपालीमा पर्ने उक्त आयोजनाका लागि ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ लगानी हुँदै छ। त्यस्तै तामाकोशी पाचौँ आयोजनाका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानीमा ९९.८ मेगावाट क्षमताको आयोजना निर्माण हुने भएको छ। 

कार्बोनलेस इनर्जी फण्ड कम्पनीको नाममा मनाङ जिल्लामा ३०.४० मेगावाट क्षमताका आयोजनामा ५ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ लगानी हुने भएको छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि सोलुखुम्बुमा २ अर्ब ५३ करोड २६ लाख रुपैयाँ लागतमा १४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुनेछ। एस.के.इनर्जी डेभलपमेन्ट कम्पनी भोजपुरमा ७.२५ मेगावाट क्षमताको आयोजनामा १ अर्ब ३२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। 

ओमेगा इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्ने माथिल्लो सुनीगाड जलविद्युत आयोजनामा १४ मेगावाट क्षमतामा ३ अर्ब ३ करोड २७ लाख रुपैयाँ लगानी गर्ने भएको छ। ट्रष्ट इनर्जी लिमिटेड ताप्लेजुङमा ५ अर्ब ३८ करोड लगानीमा ३० मेगावाट क्षमताको आयोजना निर्माण भएको छ। 

नुम्बुर दुधकुण्ड हाइड्रोपावरमा २ अर्ब १६ करोड रुपैयाँ लगानीमा ९.४८ मेगावाट क्षमताको आयोजना निर्माण हुने भएको छ। यारु हाईड्रोपावरले प्रालि गोर्खा जिल्ला धार्चे गाउँपालिकामा ८३ करोड ७८ लाख रुपैयाँ लगानीमा ४.७ मेगावाट क्षमताको आयोजना निर्माण हुने भएको छ। 

हलेसी हाइड्रोपावरले १ अर्ब ७ करोड ३८ लाख रुपैयाँ लगानीमा ५.४ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्ने भएको छ। त्यस्तै गोर्खाज हिमालयनले ८३ करोड ३७ लाख रुपैयाँ लगानीमा ४.७ मेगावाट क्षमताको आयोजना निर्माण गर्नेछ। यता शिखर पावर डेभलपमेन्टले ६.०५ मेगावट क्षमताको आयोजना १ अर्ब ९ करोड ४० लाख रुपैयाँ लगानी गर्नेछ।

एलायन्स इनर्जी सोलुसन्सले मनाङमा ४.८० मेगावाट क्षमताको आयोजनामा ८८ करोड २४ लाख ४० हजार रुपैयाँ लगानी गर्नेछ। त्यस्तै डाइनामिक पावर कम्पनीले मकवानपुरमा ८४ करोड ३४ लाख लगानीमा ४.५ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्ने भएको छ। 


प्रकाशित : शनिबार, असोज १ २०७९०२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend