शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सेयर बजारको बुलिस ट्रेण्ड सकिएर वियरिस ट्रेण्डमा प्रवेश गरेकै हो? (यस्तो छ विश्लेषण)

images
मंगलबार, असोज १९ २०७८
images
सेयर बजारको बुलिस ट्रेण्ड सकिएर वियरिस ट्रेण्डमा प्रवेश गरेकै हो? (यस्तो छ  विश्लेषण)

विश्लेषकहरुका अनुसार कर्मचारीलाई तलब तथा दशै भत्ता खुवाउने पैसा जुटाउने सजिलो माध्यम सेयर बजार भएको छ यसरी क्रमबद्ध रुपमा सेयर बिक्री गरेर बाहिरिने क्रम बढे सँगै बजार वियरिस ट्रेण्डमा जान थालेको हो।

images
images

काठमाडौं- नेप्से सूचक बढ्नेभन्दा घट्ने क्रम बढेसँगै सेयर बजार वियरिस ट्रेण्डमा प्रवेश गरेको विश्लेषण हुन थालेको छ। नेपालको सन्दर्भमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ।

images
images
images

यसपटकको बुल, २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले सपोर्ट गरेको देख्न सकिन्छ। २०६४ सालमा देश १० वर्षे जनयुद्ध र जनयुद्धकका क्रममा माओवादीहरूले लुटेको पैसा बजारमा आउँदा बैंकिङ तरलता बढ्यो।

images
images

यस अवधिमा संविधान सभाको निर्वाचन भयो। निर्वाचनका क्रममा नेताहरूले चुनावका लागि ठूलो रकम खर्चिए। जसले गर्दा बैंकिङ तरलता बढ्न गइ ब्याजदर घट्यो। साथै बैंक वित्तीय संस्था र बीमा कम्पनीहरूले ठूलो मात्रामा हकप्रद सेयर निष्काशन गरे। जसले गर्दा सेयर बुलिस ट्रेण्डमा देखियो।

images
images

त्यस्तै २०७२ सालको बुललाई पनि भूकम्पले सपोर्ट गर्यो। भूकम्प पछि व्यवसायीहरू अन्य क्षेत्रमा लगानी गर्न छाडेर सेयर बजारमा प्रवेश गरे। यसै अवधिमा बैंकहरूमा तरलता बढ्न गई ब्याजदर पनि धेरै तल झर्यो। यहि अवस्थालाई नेपाल राष्ट्र बैंक र बीमा समितिको पुँजी बृद्धि योजनाले साथ दियो। फलस्वरुप सेयर बजार बुलिस ट्रेण्डमा देखियो।

यस पटकको बुललाई पनि कोभिड १९ ले फेबर गर्यो। कोभिड १९ कारण अन्य लगानीका क्षेत्रहरू पूर्ण रुपमा बन्द भए। बैंकहरूमा पैसा थुप्रियो। तरलता बढ्न गई बैंकको ब्याजदर पनि तल झर्यो। तर २०६४ र २०७२ को जस्तो यस पटक हकप्रद सेयर र बोनश सेयर वितरण भएन।

बजार विश्लेषकहरूका अनुसार यस पटक सेयर बजार प्राविधिक रुपमा बढ्यो। जसलाई बैंकिङ तरलता बाहेक अन्य कुराले सपोर्ट गरेको थिए। कोभिड १९ का कारण अन्य क्षेत्रमा कर्जा पूर्ण रुपमा रोकियो। बैंकहरूको ठूलो रकम सेयर बजारमा आउदा बजार नसोचिएको हिसावले सुधार भयो।

बैंकमा निक्षेप जम्मा गर्दा धेरै ब्याजदर नपाउने भए पछि निक्षेप कर्ताले पनि आफू सँग भएको स्रोत सेयर बजारमा प्रयोग गरे। अहिले त्यहि पैसा सेयर बजारबाट बाहिरिरहेको छ।

सञ्चार माध्यममा दिन दिनै ‘बैंकहरू सँग लगानी गर्ने पैसा छैन, अब कर्जाको ब्याजदर पनि बढ्छ’ भन्ने समाचारले गर्दा लगानीकर्ताहरू सेयर बिक्री गरेर बाहिरिरहेका छन्।

बैदेशिक मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ। कोभिड १९ का कारण एक वर्षसम्म आयात रोकिएको थियो। दुई वर्षको आयात एकै पटक हुँदा विदेशी मुद्राको सञ्चितमा पनि ठूलो दवाव पर्यो। वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्स पनि घटिरहेको छ। यस्ता समाचारले सेयर बजार तल झार्न थप मद्दत गरेको विश्लेषकहरू बताउँछन्।

भदौ मसान्तमा अधिकाम्स बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन्। निक्षेपको ब्याजदर बढाउने वित्तीकै स्वभाविक रुपमा बैंकहरूको आधार ब्याजदर बढ्छ। भदौ महिनाको बढ्दो निक्षेपका कारण बढेको आधार ब्याजदरको प्रभाव कात्तिक महिनामा तय हुने कर्जाको ब्याजदर पनि स्वभाविक रुपमा बढ्ने अनुमान गरिएको छ।  

यसै क्रममा कोभिड १९ कारण काम नहुँदा सेयर बजार प्रवेश गरेकाहरू विस्तारै आफ्नै क्षेत्रमा फर्किले क्रम बढेको छ। ब्रोकरहरूका अनुसार यस्ता व्यवसायीहरूले विस्तारै पैसा लगिरहेका छन्। कोभिड १९ का कारण बन्द भएका उद्योग कलकारखाना तथा व्यवसाय सुचारु गर्नका लागि उनिहरूलाई थप पुँजीको आवस्यकता पर्दछ।

यस्तो पैसा सेयर बजारबाट लगातार झिक्ने क्रम बढिरहेको छ। यस सँगै नजिकिएको चाडवाड र पहिलो त्रैमासिक अवधिका लागि आवस्यक पर्ने सावा र किस्ता जोहो गर्नका लागि पनि सेयर बिक्री गर्ने क्रम बढेको पाइन्छ ।

विश्लेषकहरूका अनुसार कर्मचारीलाई तलब तथा दशै भत्ता खुवाउने पैसा जुटाउने सजिलो माध्यम सेयर बजार भएको छ यसरी क्रमबद्ध रुपमा सेयर बिक्री गरेर बाहिरिने क्रम बढे सँगै बजार वियरिस ट्रेण्डमा जान थालेको हो।

सेयर बजार वियरिस ट्रेण्डमा जान थालेको विश्लेषण हुँदै केही आशा लाग्दो कुराहरू पनि छन्। सरकारले स्थानीय निकायको बजेट बैंकिङ प्रणालीमा राख्ने कुराहरू भइरहेको छ। यदि सरकारले स्थानीय नियकाका लागि छुट्टाएको रकम बैंकिङ प्रणालीमा राख्ने हो भने तत्कालका लागि अहिले देखिएको संकट केहि हदसम्म समाधान हुने विश्लेषकहरू बताउछन्।

सरकारले नजिकएको चाडवाडको अवसरमा कर्मचारीहरूलाई तलब भत्ता निकासा गर्दा चालु खर्च बढेको देखिएको छ। यसले बजारमा निक्षेप थपिने भएकाले केहि हदसम्म बैंकिङ तरलतालाई राहात प्रदान गर्ने विश्लेषकहरू बताउछन्। यति हुँदा हुँदै पनि बैंकरहरू सँग अनौपचारिक कुराकानि गर्दा बैंकिङ तरलता अहिलेनै तत्कालको तत्कालै सुधार हुने अवस्था छैन।

बजारमा आशा लाग्दो कुरा प्रविधिको विकास भइरहेको छ। लगानीकर्ताको संख्या धेरै नै बढिसकेको छ। अहिले नै बजार वियरिस ट्रेण्डमा चलिरहेको भन्न नमिल्ने केहि विश्लेषकको तर्क छ। उनिहरूका अनुसार वियरिस ट्रेण्ड हो या होइन भन्ने हेर्नका लागि असोज मसान्तसम्म कुर्नु पर्नेछ।

असोज मसान्तमा बैंकहरूले कुन अनुपातमा ब्याजदर बढाउछन् भन्ने कुराले सेयर बजारको आगामी यात्रा तय गर्ने छ। केहि समयदेखि बजार जाने बुझेकाहरूले सेयर बिक्री गरिरहेका छन्।  

नयाँ आएका लगानीकर्ताले स्टप लस गर्न जान्दैनन्। आफ्नो निक्षेप लिएर बसेकाहरू घाटा खाएर बिक्री गर्न चाहदैनन्। तर पुराना लगानीकर्ताले सकेसम्म माथिल्लो मूल्यमै बिक्री गर्छन्। यदि एक हजारमा किनेको सेयर घटेर ९०० सयमा आयो र बजार अझै तल झर्छ भन्ने अनुमान लगाए पनि उनिहरू बिक्री गरेर बाहिरिन्छन्।

यदि असोज मसान्तमा पनि ब्याजदर अझै बढ्ने र तरलता अभावको समस्या समाधान नहुने हो भने सर्वसाधारण लगानीकर्ताले थप बिक्री गर्न थाल्ने विश्लेषकहरू बताउछन्।  

विगतमै अब तरलता अभाव हुँदै छ भन्ने भेउ पाएर सेयर बिक्री गरेकाहरू सेयर बजारमा नछिर्ने अनि सर्वसाधारण लगानीकर्ताले पनि बिक्री गर्ने अवस्था सिर्जना भयो भने निश्चय नै बियरिस ट्रेण्डमा जाने छ।

अर्को कुरा बैंकहरूले मार्जिन कल गर्न थालेका छन्। मार्जिन कलको क्रम बढे सँगै सेयर बिक्री गरेर बाहिरिने बाहेक अन्य विकल्प हुँदैन। त्यसैले बजारमा थप सप्लाइ हुनेछ। यदि बजार यहि अवस्थामा रह्यो र नबढ्ने अवस्थामा लगानीकर्ताले मार्जिन कलका कारण बिक्री गर्न थाल्ने छन्।

अब मंसिर मसान्तसम्ममा सूचक कस्तो अवस्थामा पुग्छ साथै कात्तिकका लागि तय हुने ब्याजदर र तरलताको अवस्थाले अवको सेयर बजारको अवको गतिलाई निर्धारण गर्नेछ। यदि असोज ३१ गते बैंकहरूले कर्जाको ब्याजदर ह्वात्तै बढ्यो भने त्यसै दिन सेयर बजारमा ठूलो पहिरो झर्ने छ । त्यस पछि सेयर बजार सोचे भन्दा पनि तल झर्ने निश्चित छ।

गत भदौ २ गतेको अधिकतम विन्दुको आधारमा अहिलेसम्ममा ६२९ अंकले तल झरेको छ। करेक्सनभन्दा भन्दै बजार वियरिस ट्रेण्डमा अगाडि बढेको कुरा अधिकास लगानीकर्ताले सामान्य भेउ पनि पाएनन्।


प्रकाशित : मंगलबार, असोज १९ २०७८०२:०१
  • सम्बन्धित विषय:

  • # सेयर
  • # सेयर बजार
  • # साताकाे सेयर बजार


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend