शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आइएमई दसैँ अफर : दोस्रो हप्ताका विजेता घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ३१ २०७९
images
आइएमई दसैँ अफर : दोस्रो हप्ताका विजेता घोषणा

अफर अवधिमा एक जनाले  १० लाख रुपैयाँ पाउनेछन्। 

images
images

काठमाडौं- दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमूखी दसैं अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

images
images
images

विहीवार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्‍नेत साप्ताहिक विजेता छनोट भएका छन्। 

images
images

उनीहरूले जनही २५ हजार रुपैयाँ पाउनेछन्। 

images
images

ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट  भएका छन्। उनीहरूले एक/एक मोबाइल पाएका छन्। 

आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामको स्किम आईएमईले ल्याएको छ।  अफर अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम पाउने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप पाउनेछन्। हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ दिइने कम्पनीले जानकारी दिएको छ। 

अफर अवधिमा एक जनाले  १० लाख रुपैयाँ पाउनेछन्। 

यो अफरमा ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। भदौ १६ देखि सुरु भएको अफर कात्तिक १६ सम्म चालू हुने छ। 

 


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend