शनिबार, वैशाख ८ गते २०८१    
images
images

भारततर्फ निर्यातको ढोका खुलेपछि तेल उद्योगमा धमाधम लगानी विस्तार हुँदै 

दुई महिनामै ६ अर्ब लगानीका उद्योग भित्रिए

images
images
भारततर्फ निर्यातको ढोका खुलेपछि तेल उद्योगमा धमाधम लगानी विस्तार हुँदै 

खाने तेलको निर्यात सुरु भएपछि फेरि व्यवसायीहरूको लहर लागेको छ। तर भारतले तेल आयातको नीतिमा परिवर्तन गर्दा लगानी जोखिममा पर्नसक्ने विश्लेषकहरूले चेतावनी दिँदै आएका छन्। 

images
images

काठमाडौं- नेपालबाट दुई महिनामै ४४ अर्ब रुपैयाँको निर्यात भएको छ। निर्यात हुने वस्तु लिष्टमा तेलको हिस्सा सबैभन्दा बढी छ। त्यसमा पनि सबैभन्दा धेरै भटमासकै तेल छ। दुई महिनाकै अवधिमा १६ अर्ब ४८ करोड रुपैयाँको भटमासको प्रसोधित तेल निर्यात भएको छ। यो बीचमा नेपालबाट तेलन वस्तुको निर्यात धेरै भएको छ। भटमासको तेलपछि पाम तेल निर्यात भएको छ। 

images
images
images

पामको विभिन्न स्वरूपका तेल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ। विभागको तथ्यांक अनुसार यो बीचमा पाम तेल ७ अर्बको निर्यात भएको छ। 

images

नेपालमा तेल प्रशोधन गर्ने उद्योगले तेस्रो देशबाट कच्ता तेल ल्याउँदै प्रशोधन गरी भारततिर पठाउँदै आएका छन्। यही कारणले आयात र निर्यात दुबै बढको छ।  तेल निर्यातको भारतीय ढोका खुलेपछि धमाधम नेपालमा तेल प्रशोधन उद्योगमा लगानी बढेको छ। 

images

तेलको निर्यात बढ्दै गएपछि उद्योगी व्यवसायीहरू लगानी विस्तार गरिरहेका छन् भने नयाँ उद्योगी पनि प्रवेश गरेका छन्। पछिल्लो दुई महिनामै ६ अर्ब लगानी गर्ने लक्ष्यसहितका तेल प्रसोधन उद्योग दर्ता भएका छन्। 

images
images

उद्योग विभागका अनुसार सबैभन्दा बढी १ अर्ब ७३ करोड रुपैयाँको लगानीमा सिद्धिलक्ष्मी फुड्स प्रालि दर्ता भएको छ। नवलपरासीमा वार्षिक १ लाख १२ हजार ७ सय टन तेल उत्पादन क्षमताको उद्योग खुल्न लागेको हो। उद्योगले २ सय ५३ जनालाई रोजगारी दिने घोषणा गरेको छ। 

९६ करोड ७० लाख रुपैयाँको लागनीमा निकिता आयल एण्ड रिफाइनरी  उद्योग स्थापना हुने भएको छ। बारा जितपुर सिमरा स्थापना हुने उद्योगले वार्षिक  १ लाख ७ हजार ७ सय किलोलिटर तेल उत्पादन गर्ने र ८९ जनालाई रोजगारी दिने जनाएको छ।

साथै सुनसरीमा ५८ करोड रुपैयाँको लगानीमा एबीसी आयल इन्डष्ट्रिड प्रालि स्थापना हुने भएको छ। उद्योगले वार्षिक  ६१ हजार ८ सय मेट्रिक टन तेल उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिने  जनाएको छ।

यसैगरी पर्सामा ७५ करोडको लगानीमा शिवम् भेज आयल उद्योग स्थापना हुने भएको छ। वार्षिक १ लाख ५ हजार ३ सय ६० मेट्रिक टन तेल उत्पादन गर्ने उद्योगले जनाएको छ। उद्योगमा ७२ जनाले रोजगारी पाउने छन्।

यसैगरी ५० करोड रुपैयाँको लगानीमा वार्षिक ६१ हजार ८ सय मेट्रिक टन तेल उत्पादन गर्ने गरी शिवशक्ति आयल एण्ड फ्याट्स बारामा स्थापना हुने भएको छ। बारामा खुल्ने उद्योगले ६० जनालाई रोजगारी दिने लक्ष्य लिएको छ। साथै ७३ करोड ५० लाख रुपैयाँको लगानीमा बारामा आरएमसी फुड्स  उद्योग स्थापना हुने भएको छ। उद्योगबाट वार्षिक १ लाख २५ हजार ८ सय ५० मेट्रिब टन तेल उत्पादन हुने र ६० जनालाई रोजगारी दिने गरी उद्योग दर्ता भएको छ। 

वार्षिक ४८ हजार ७ सय ५ मेट्रिक टन तेल उत्पादन गर्ने गरी नवलपरासीमा सिद्धिविनायक आयल्स उद्योग स्थापना हुने भएको छ। उद्योगमा ७४ करोड ७० लाख लगानी रहने र ९० जनाले रोजगारी पाउने छन्।

यो वर्षको सुरुमै डिजेलभन्दा भटमासको तेलका लागि धेरै खर्च भएको छ। साउनमै भटमासको तेलको आयात धेरै भएको थियो। तेस्रो मुलुकबाट अप्रशोधित तेलको आयात गरी नेपालमा प्रसोधन गरेर व्यवसायीहरूले भारत निर्यात गर्दै आएका छन्। गत वर्ष भारतले पाम तेलको आयातमा रोक लगाएको थियो। पाममा प्रतिबन्ध लागेपछि व्यवसायीले भटमासको तेल निर्यात गर्न सुरु गरेका थिए। 

खाने तेलको निर्यात सुरु भएपछि फेरि व्यवसायीहरूको लहर लागेको छ। तर भारतले तेल आयातको नीतिमा परिवर्तन गर्दा लगानी जोखिममा पर्नसक्ने विश्लेषकहरूले चेतावनी दिँदै आएका छन्। 

'तेल निर्यात र यहाँको लहड देख्दा जोखिम देखिन्छ। किन भने भारतले कहिले के निर्णय गर्छ पत्तो हुँदैन। व्यक्तिगत जोखिमको कुरामात्र होइन कोही डुब्दा बैंकको लगानी पनि जोखिममा पर्नसक्छ' एक व्यवसायीले भने'आन्तरिक बजारको खपतलाई धान्ने क्षमता यसघि नै छ। अझै उद्योग थपिँदा घरेलु मागभन्दा धेरै हुन्छ। यसो हुँदा नाफा त हुँदैन। त्यस्तोमा कोही न कोही डुब्ने त जोखिमा पर्छ।' 

images

प्रकाशित : मंगलबार, असोज १९ २०७८११:०५

प्रतिक्रिया दिनुहोस