शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

असोज १ गतेदेखि ब्याजदर बढ्ने 

बिहीबार , भदौ ३० २०७९
असोज १ गतेदेखि ब्याजदर बढ्ने 

काठमाडौं- फागुनयता नबढेको बैंकको ब्याजदर असोजदेखि बढ्ने भएको छ। बिहीबार सम्पन्न बैंकर्स संघको बैठकले बैंकहरूलाई ब्याजदर बढाउने र घटाउने अधिकार दिने निर्णय गरेको छ।  

सम्भवत असोजदेखि निक्षेपको ब्याज एक प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ। हाल ११.१३ प्रतिशतसम्म रहेको ब्याजदरमा १० प्रतिशतसम्म तलमाथि गर्न पाउने छन्। अब ब्याजदर १२.१३ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

यसअघि नै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याज बढाउन चाहे बढाउने अधिकार दिए पनि साउन र भदाैमा बैंकहरुले ब्याजदर बढाएका थिएनन्। अब निक्षेपको ब्याजदर बढेपछि स्वाभाविक रुपमा ऋणको ब्याजदर पनि बढ्ने छ।


प्रकाशित : बिहीबार , भदौ ३० २०७९०६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend