शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सस्तो मूल्यमा आएसँगै लिवर्टीको सेयरमा झुम्मिए लगानीकर्ता

बिहीबार , भदौ ३० २०७९
सस्तो मूल्यमा आएसँगै लिवर्टीको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं- सस्तो मूल्यमै पाउन थालेपछि लिवर्टी इनर्जीको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको छ। जसका कारण बुधबर प्रतिकित्ता १९.८० रुपैयाँ बढेर २५७ रुपैयाँ पुगेको छ।

बुधबार लिवर्टीको ८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको थियो। एकवर्ष अगाडि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँसम्म पुगेको थियो। दाेस्राे बजारमा दुई वर्षअगाडि सेयर मूल्य बढेर ५३० रुपैयाँ रहेकाे थियाे।

कम्पनीको सेयर मूल्य घटेर २०३ रुपैयाँमा झरेको थियो। १५ करोड चुक्ता पुँजी भएको कम्पनीको बजार बजार पुँजीकरण ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। 

lec.PNG

कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.०४ रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी भने ऋणत्मक रहेको छ। २ करोड ८४ लाख रुपैयाँमा घाटामा रहेको छ। 

कम्पनीले २ वटा जलविद्युत आयोजनालाई अगाडि बढाइरहेको छ। लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए निर्माण सम्पन्न गरेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ।


प्रकाशित : बिहीबार , भदौ ३० २०७९०२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend