शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सरकारले दिनुपर्ने १२ अर्ब भुक्तानी तर निर्णय १ अर्ब मात्रै

बिहीबार , भदौ ३० २०७९
सरकारले दिनुपर्ने १२ अर्ब भुक्तानी तर निर्णय १ अर्ब मात्रै

काठमाडौं- सरकारले कोरोना बीमा बापतको भुक्तानी दिनुपर्ने रकम डेढ वर्षपछि बल्ल सुरु गरेको छ। जसमा १२ अर्ब दिनुपर्ने बीमा कम्पनीहरू र बीमा समितिको तथ्यांक छ।

भदौ २१ गतेको मन्त्रिपरिषदको बैठकले सरकारमा नाम रहेको दायीत्वमध्ये हाललाई १ अर्ब तिर्ने गरी सो रकम निकासा गरेको हो। सरकारले २ वर्षअघि नै भुक्तानी गर्नुपर्ने आफ्नो ११ अर्ब ८० करोड दायित्वमध्ये अहिलेलाई १ अर्ब मात्रै निकासा गर्ने निर्णय गरेको हो ।
 
भुक्तानीका लागि झन्डै १२ अर्ब रुपैयाँ दाबी परेको छ। कोरोना बीमाको रकमका लागि डेढ लाख भन्दा बढी बीमा रकमको पर्खाइमा रहेका छन्। 

सरकारले निकासा गर्ने रकम बीमा समितिको खातामा जाने छ। सोही अनुसार समितिले बीमा कम्पनीको खातामा रकम पठाउने छ।  बीमा कम्पनीलेहरूले यसअघि ५५ हजार भन्दा बढीको ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भने दिइसकेका छन्। सरकारको दायित्वमा पर्ने रकम भने २ वर्ष देखि रोकिएको छ। 

तत्कालीन केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले एउटा तह भन्दा माथि परेको दाबीको भार सरकारले व्यहोर्ने गरी एउटा मोडल बनाएपछि बन्द भएको कोरोना बीमा कार्यक्रम फेरी सुरु भएको थियो।  

उक्त निर्णयमा कोरोना बीमा मापदण्ड २०७७ मा साढे तीन अर्ब रुपियाँभन्दा माथिको रकम सरकारले व्यहोर्ने प्रष्ट रुपमा उल्लेख छ। बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, बीमा समितिले आफ्नो दायित्वको कोरोना बीमाको रकम भुक्तानी गरेपनि पछिल्लो दुई वर्षदेखि नेपाल सरकारले आफ्नो दायित्वको ११ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गर्न सकिरहेको छैन।


प्रकाशित : बिहीबार , भदौ ३० २०७९०२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend