शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल जेन अल्फा’, कस्तो छ नयाँ स्किम?

बुधबार, भदौ २९ २०७९
नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल जेन अल्फा’, कस्तो छ नयाँ स्किम?

काठमाडौं- नबिल बैंकले 'नबिल जेन अल्फा' स्किम सार्वजनिक गरेको छ। नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरूलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम हो।

बैंकका अनुसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातमा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा गर्न पनि सकिने छ। 

अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन्। बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ।

१८ वर्षसम्मका बालबालिका संलग्न हुन पाउने यो प्रोडक्ट मार्फत् बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ। 'नबिल जेन अल्फा' एप प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ। 

सानै उमेरबाट बालबालिकाहरूमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने गरी 'नबिल जेन अल्फा' ल्याइएको बैंकले जनाएको छ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नबिल जेन अल्फाका ब्राण्ड एम्बेस्डर प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायतको उपस्थितिमा स्किम सार्वजनिक गरेको हो। 


प्रकाशित : बुधबार, भदौ २९ २०७९०६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend