शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन?

बुधबार, भदौ २९ २०७९
सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन?

काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा सर्वसाधारणले आज बुधबारदेखि आवेदन दिन पाइने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो।

निष्कासित सेयरमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्ता सेयर खरीदका लागि आवेदन दिन सक्नेछन्।  आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म समय थप हुनेछ। 

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


प्रकाशित : बुधबार, भदौ २९ २०७९०४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend