बिहीबार , चैत १५ गते २०८०    
images
images

इन्धन ढुवानीमा व्यवसायीको दादागिरी

images
images
इन्धन ढुवानीमा व्यवसायीको दादागिरी
images
images

काठमाडौं- दसैँलगायत चाडवाड नजिकिँदै गरेको अवस्थामा पेट्रोलियम ढुवानी महासंघले ढुवानी ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

images
images
images

कमिसन तथा ढुवानी भाडा बढाउनु पर्ने भन्दै इन्धन जस्तो अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गरेका हुन्।

images

महासंघले भदौ २२ गतेको निर्णयअनुसार २४ गतेदेखि भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने निर्णय गरेअनुसारको कार्यक्रम सफलतापूर्वक सम्पन्न भइरहेको जनाउँदै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

images
images

व्यवसायीले राज्यभरमा कुनै पनि क्षेत्रबाट पीडीओ नलिने भन्दै सूचना जारी गरेको हो। साथै २९ गतेबाट अमलेखगज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोड नगर्नेसमेत जनाएको छ।

इन्धन अत्यावश्यक सेवा सञ्चालन ऐन अन्तर्गत सुरक्षित गरिएको सेवामा पर्छ। अत्यावश्यक सेवा ऐन विपिरत कार्य गर्नेलाई ६ महिना जेल तथा जरिवाना दुवै हुने अवस्था छ। आयल निगमले पनि व्यवसायीले ढुवानीमा अवरोध गरेमा ऐनअनुसार अगाडि बढ्ने जनाएको छ।

images

प्रकाशित : मंगलबार, भदौ २८ २०७९०१:०४

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ