मंगलबार, वैशाख ११ गते २०८१    
images
images

नयाँ सुपर स्प्लेन्डर नेपाली बजारमा, यस्ता छन् परिमार्जित विशेषता 

images
images
images
नयाँ सुपर स्प्लेन्डर नेपाली बजारमा, यस्ता छन् परिमार्जित विशेषता 

यसले परिष्कृत इन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी-एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड-स्ट्यान्ड इन्जिन कट-अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक सुविधाहरूले पावर-प्याक बनाएको छ। 

images
images

काठमाडौं- विश्वको सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ। प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर नेपाली बजारमा आएको हो। 

images
images
images

नयाँ सुपर स्प्लेन्डर सुपर-पावर, सुपर-माइलेज र सुपर-कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ आएको कम्पनीले जनाएको छ। यसले परिष्कृत इन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी-एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड-स्ट्यान्ड इन्जिन कट-अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक सुविधाहरूले पावर-प्याक बनाएको छ। 

images

यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरहरूमा उपलब्ध रहेको छ। नयाँ सुपर स्प्लेन्डरको मूल्य २ लाख ६६ हजार रुपैयाँ तोकिएको छ। 

images

नेपाल हिरोका लागि एक प्रमुख बजार हो र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ््नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको छ। हिरोले ग्राहकहरूलाई वर्ग-अग्रणी कार्यसम्पादन, सुविधा र शैली प्रदान गर्दै आएको छ। 

images
images

हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड(एनजिएम) लाई आफ्नो आधिकारिक वितरक नियुक्त गरि नेपालमा प्रवेश गरेको थियो। यसले नेपालमा ८२ डिलरसिप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाटर्स आउटलेट सहित २६६ भन्दा बढी सम्पर्कस्थानमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। 

हिरोका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रिम १६०आर, एक्सट्रिम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन्।

हिरो सुपर स्प्लेन्डरका मुख्य विशेषता 

स्मार्ट टेक्नोलोजी

सुपर स्प्लेन्डरको साथ सवारी चालकले सवारी  र कनेक्टिभिटीको कार्यहरू छिटो र छरितोरूपमा प्राप्त गर्न सक्दछ। इन्टिग्रेटेड यूएसबी चार्जिङ पोर्टका साथै डिजी-एनालग स्पिडोमिटरले रियल टाइम माइलेज इन्डिकेटर, सर्भिस सेड्युल रिमाइन्डर र लो फ््युल इन्डिकेटर पनि उपलब्ध गराउँछ।

इन्जिन

नयाँ सुपर स्प्लेन्डरमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले ७५०० आरपीएममा १०.७ बीएचपी उत्पन्न गर्छ र ६० आरपीएममा १०.६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ। इन्जिनमा एडभान्स प्रोग्राम्ड फ््युल इन्जेक्सन सिस्टम, वेट मल्टि प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको छ जसले सहरका साथै राजमार्गमा तनावमुक्त सवारी सञ्चालनको अवसर दिन्छ। यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको छ।

सुरक्षा

चालक (राइडर) र पछाडिका यात्रु (पिलियन) दुवैका लागि अत्यधिक सुरक्षा सुनिश्चित गर्ने यस मोटरसाइकलमा साइड-स्ट्यान्ड भिजुअल इन्डिकेसन र ‘साइड-स्ट्यान्ड इन्जिन कट-अफ’ रहेको छ। यसका साथै यसमा डिस्क ब्रेकको विकल्प र राम्रो ह्यान्डलिङको लागि कम्बी ब्रेकिङ सिस्टम (सीबीएस) को विकल्प पनि रहेको छ। सुपर स्प्लेन्डर ग्लेज ब्ल्याक, नेक्सस ब्लू, क्यान्डी ब्लेजिङ रेड र डस्की ब्ल्याक गरी चार रंगमा उपलब्ध छ। 

images

प्रकाशित : मंगलबार, भदौ २८ २०७९१२:२०

प्रतिक्रिया दिनुहोस