शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

घरजग्गामा लगानी बढ्दा सेयरमा किन घट्यो?

मंगलबार, भदौ २८ २०७९
घरजग्गामा लगानी बढ्दा सेयरमा किन घट्यो?

त्यस्तै साउनमा आएर रियलस्टेटमा जाने ऋण भने बढेको छ। असारको तुलनामा यस्तो ऋण बढेको तथ्यांकमा देखिएको छ। 

काठमाडौं- साउनमा सेयर बजार केन्द्रित ऋण प्रवाह घटेको छ। बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको कर्जा घटाएका छन्। असारको तुलनामा साउनमा मार्जिन ऋण घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ। 

तथ्यांकअनुसार असारसम्म ८० अर्ब ५० करोड मार्जिन कर्जा प्रवाह भएको थियो। साउनमा घटेर ७६ अर्ब ८० करोडमा सीमित भएको छ। अघिल्लो वर्षको असारमा मार्जिन कर्जा उच्च बिन्दुमा पुगेको थियो। २०७८ सालको असार मसान्तमा मार्जिन कर्जा १ खर्ब ६ अर्ब पुगेको थियो।

गत वर्षको मौद्रिक नीतिबाट राष्ट्र बैंकले मार्जिन कर्जामा कडाइ गर्न सुरु गरेपछि यस्तो ऋण निरन्तर घट्दै आएको छ।  

चालु वर्षको पहिलो महिना पनि यस्तो कर्जाको ऋणात्मक वृद्धिदर कायमै छ। 

त्यस्तै साउनमा आएर रियलस्टेटमा जाने ऋण भने बढेको छ। असारको तुलनामा यस्तो ऋण बढेको तथ्यांकमा देखिएको छ। 

आर्थिक वर्ष २०७८/७९ को अन्त्य अर्थात असार मसान्तसम्म रियलस्टेट कर्जा २ खर्ब २८ अर्ब पुगेको थियो। साउन अन्तिमसम्म बढेर २ खर्ब ४० अर्ब पुगेको छ। 

घरजग्गा कारोबारमा मन्दी आएको भनिए पनि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा भने वृद्धि देखिएको छ। 

त्यस्तै साउनमा हायरपर्चेज कर्जा भने बढेको छ। असारको तुलनामा साउनमा यस्तो कर्जा २ अर्बले बढेको छ। 


प्रकाशित : मंगलबार, भदौ २८ २०७९००:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend