बुधबार, वैशाख १९ गते २०८१    
images
images

घरजग्गामा लगानी बढ्दा सेयरमा किन घट्यो?

images
images
images
घरजग्गामा लगानी बढ्दा सेयरमा किन घट्यो?

त्यस्तै साउनमा आएर रियलस्टेटमा जाने ऋण भने बढेको छ। असारको तुलनामा यस्तो ऋण बढेको तथ्यांकमा देखिएको छ। 

images
images

काठमाडौं- साउनमा सेयर बजार केन्द्रित ऋण प्रवाह घटेको छ। बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको कर्जा घटाएका छन्। असारको तुलनामा साउनमा मार्जिन ऋण घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ। 

images
images
images

तथ्यांकअनुसार असारसम्म ८० अर्ब ५० करोड मार्जिन कर्जा प्रवाह भएको थियो। साउनमा घटेर ७६ अर्ब ८० करोडमा सीमित भएको छ। अघिल्लो वर्षको असारमा मार्जिन कर्जा उच्च बिन्दुमा पुगेको थियो। २०७८ सालको असार मसान्तमा मार्जिन कर्जा १ खर्ब ६ अर्ब पुगेको थियो।

images

गत वर्षको मौद्रिक नीतिबाट राष्ट्र बैंकले मार्जिन कर्जामा कडाइ गर्न सुरु गरेपछि यस्तो ऋण निरन्तर घट्दै आएको छ।  

images

चालु वर्षको पहिलो महिना पनि यस्तो कर्जाको ऋणात्मक वृद्धिदर कायमै छ। 

images
images

त्यस्तै साउनमा आएर रियलस्टेटमा जाने ऋण भने बढेको छ। असारको तुलनामा यस्तो ऋण बढेको तथ्यांकमा देखिएको छ। 

आर्थिक वर्ष २०७८/७९ को अन्त्य अर्थात असार मसान्तसम्म रियलस्टेट कर्जा २ खर्ब २८ अर्ब पुगेको थियो। साउन अन्तिमसम्म बढेर २ खर्ब ४० अर्ब पुगेको छ। 

घरजग्गा कारोबारमा मन्दी आएको भनिए पनि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा भने वृद्धि देखिएको छ। 

त्यस्तै साउनमा हायरपर्चेज कर्जा भने बढेको छ। असारको तुलनामा साउनमा यस्तो कर्जा २ अर्बले बढेको छ। 

images

प्रकाशित : मंगलबार, भदौ २८ २०७९१२:४२

प्रतिक्रिया दिनुहोस