शनिबार, वैशाख ८ गते २०८१    
images
images

२०२२ संस्करणको नेक्स्ट-जेन फोर्ड रेन्जर बजारमा, यस्ता छन् विशेषता 

images
images
२०२२ संस्करणको नेक्स्ट-जेन फोर्ड रेन्जर बजारमा, यस्ता छन् विशेषता 

फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एसियाली मुलुकहरुमा सबैभन्दा रुचाइएको पिकअप ट्रक मध्ये पर्दछ। यसले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्याति कमाएको छ।

images
images

काठमाडौं- जीओ अटोमोबाईल्सले २०२२ संस्करणको नयाँ रेन्जर नेपाली बजारमा ल्याएको छ। २.० लिटर  सिंगल टर्बो र बाई टर्बोयुक्त नेक्स्ट जेन फोर्ड रेन्जर भित्रिएको हो। 

images
images
images

फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एसियाली मुलुकहरुमा सबैभन्दा रुचाइएको पिकअप ट्रक मध्ये पर्दछ। यसले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्याति कमाएको छ।

images

नेक्स्ट जेन फोर्ड रेन्जरले जुन सुकै बाटोमा (अन रोड होस् या अफ रोड) आनन्ददायी सवार प्रदान गर्नेमा उपभोक्ता विश्वस्त छन्। यसको अविश्वसनीय अफ रोड क्षमता, टोइङ तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट इन्धन किफायती इन्जिनका कारण यो पिकअप हरेकको रोजाइमा पर्ने विश्वास कम्पनीको छ। 

images

६ र १० एटी स्पीड ट्रान्समिसन

images
images

नेक्स्ट-जेन रेन्जर ६-स्पीड र १०-स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। हालको रेन्जरमा रहेको जस्तै ६-स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो। यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ। नेक्स्ट-जेन रेन्जरको १०-स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ। यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचाजस्ता परिष्कृत नियन्त्रणहरु समावेश गरेका छन् जसले गर्दा टोइङ वा भारी सामान लादेर चलाउँदा पनि नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राइभिङको अनुमति दिन्छ। 

यसमा रहेको इलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ-रोड ड्राइभमा गाडी हाक्न थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ। रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरु मध्ये यसमा मात्र रहेको छ।

अटो ट्रान्समिसन गियर सिफ्ट र इलेक्ट्रिक पार्किङ ब्रेक

रेन्जरमा अटो ट्रान्समिसन गियर सिफ्टको साथ उपलब्ध छ जसमा पी, आर, एन र डी गियरहरू स्पोर्ट मोडको लागि बटनहरू छन् जहाँ चालकहरूले व्यक्तिगत गियर रोज्न सक्छन्। इलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ रोड ड्राइभमा थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ। यो सुविधा मध्यम पिकअप गाडीहरूमा सबैभन्दा  उत्कृष्ट फिचर हो।

सेलेक्टेबल ड्राइभ मोडहरु

नेक्सट जेन फोर्ड रेन्जरमा नर्मल इको, टो÷हौल र स्लिपरी, मड÷रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ-रोड मोडहरू छन्। यी मोडहरूले गियरसिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रण, एबीएस र थप सबै कुरामा समायोजन गर्दछ।

ford ranger.png

न्यू स्रिंक डिस्प्ले र बटन लेआउट

नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रीन र वटनहरु चलाउनलाई सहज हुने हिसाबले राखिएको छ। सजिलैसँग म्यानुअल सिस्टम तथा डुयल जोन अटोमेटिक एसी. छनौट गर्न सकिने छ। एउटा डायल थिची तपमान र ब्लोअर गति नियन्त्रण गर्न सकिन्छ ताकी गाडी चलाउँदै गर्दा आफ्नो ध्यान बाटोमा नै राख्न सकोस्। यसको सरल लेआउटले अन्य फिचरहरु पनि सजिलै चलाउन सकिने छ।

वाटर वेडिङ

नेक्स्ट-जेन रेन्जरले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएमसम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्दछ। नेक्स्ट-जेन रेन्जरले सडकमा जस्तै पानीमा पनि सजिलैसँग ड्राइभ सुनिश्चित गर्न व्यापक कम्प्युटर-सहायतामा शीर्ष इन्जिनियरिङहरुको परीक्षण तथा निगरानीमा पानीमा अगाडि र पछाडि दुबै तर्फ कठोर रुपमा परीक्षण गरेको हुन्छ। 

अन्डरबडी प्रोटेक्सन

अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा यसको अत्यावश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न मद्दत गर्छ। नेक्स्ट-जेन रेन्जरका सेलेक्ट मोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी सिल्डहरू रहेका छन् जुन प्रेस र फोल्डेड लेजर-कट स्टिलबाट बनाइन्छ। प्रेस र फोल्डेडे लेजर कट स्टिलले मात्र फोल्ड गरिएको स्टिलभन्दा दरिलोपन र तौलको अनुपातमा बढी मजबुत हुन्छ।

ग्राहकहरुको छनौट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन सिल्ड पनि उपलब्ध छ। यी सिल्डहरु सुरक्षित रूपमा सवारी साधनको चेसिसमा बोल्ट गरिएको छ जसले गाडीको पूर्णबडी संरचनासँग पूरकको रुपमा रहन्छ।  

नेपालमा २०२२ नेक्स्ट-जेन फोर्ड रेन्जरको लागि आकर्षक सुरुवाती मूल्य एक्सएल मोडेलको लागि १ करोड ५ लाख ९० हजार, एक्सएलटीको लागि १ करोड १९ लाख ९० हजार र वाइल्डट्राकका लागि १ करोड ४५ लाख ९० हजार रुपैयाँ तोकिएको छ। 

images

प्रकाशित : सोमबार, भदौ २७ २०७९०१:२१

प्रतिक्रिया दिनुहोस