शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नबिल बैंकले एकै दिन खोल्यो ८ नयाँ शाखा, अब २३३ शाखाबाट बैंकिङ सेवा 

सोमबार, भदौ २७ २०७९
नबिल बैंकले एकै दिन खोल्यो ८ नयाँ शाखा, अब २३३ शाखाबाट बैंकिङ सेवा 

नबिलले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी सबै शाखा आइतबारबाटै सञ्चालनमा आएका हुन्। 

काठमाडौं- नबिल बैंकले देशका विभिन्न ठाउँमा एकै दिन ८ शाखा उद्घाटक गरेको छ। उपाभेक्तालाई उनीहरुको पायक पर्ने स्थानमा सहज बैंकिङ सेवा पुर्‍याउन बैंकले शाखा खोल्दै आएको छ। त्यही कुरालाई निरन्तरता दिँदै बैंकले एकै दिन ८ शाखाबाट सेवा सुरु गरेको हो।

नबिलले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी सबै शाखा आइतबारबाटै सञ्चालनमा आएका हुन्। 

उपत्यका भित्रका साँखु शाखा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त उद्घाटन गरेका हुन्।

मंगलबजार शाखा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त उद्घाटन गरेका हुन्।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितीमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेलले सुरुंगा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका हुन्। 

यसैगरि राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटन गरेका हुन्। बैंकले आफ्नो दीर्घकालीन रणनीति अनुरुप शाखाहरू विस्तार भएको र नयाँ बजारहरुमा आफ्नो उपस्थितीलाई बलियो बनाई उपभोक्तालाई स्तरीय बैंकिङ सेवा उपलब्ध गराउने रहेको बैंकले जनाएको छ। 

नबिल बैंकले आइतबारअघिसम्म २ सय २५ शाखाबाट सेवा दिँदै आएकोमा अब भने देशभर रहेका २ सय ३३ शाखाबाट बैंकिङ सेवा उपलब्ध गराउने छ। 


प्रकाशित : सोमबार, भदौ २७ २०७९०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend