शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अनुमानबाहिर जाँदै सेयर बजार : लगातार गिरावट, ८३ करोड १६ लाख रुपैयाँको मात्र कारोबार

सोमबार, भदौ २७ २०७९
अनुमानबाहिर जाँदै सेयर बजार : लगातार गिरावट, ८३ करोड १६ लाख रुपैयाँको मात्र कारोबार

काठमाडौं- यो साता आइतबार ११.४७ अंकले घटेको सेयर बजारमा सोमबार पनि पुन: गिरावट नै देखिएको छ। बैंकिङ प्रणालीमा सुधारको संकेतहरू देखिइरहँदा त्यसको प्रभाव पुँजी बजारमा भने पर्न सकेको छैन।  

सोमबार १३.५९ अंकले घटेर बजार १९१२.६९ बिन्दुमा झरेको छ। ८३ करोड १६ लाख रुपैयाँको कारोबार हुँदा २८ कम्पनीको सेयर मूल्य बढेको छ। १४९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। 

हिजो आइतबार ११.४७ अंकले घटेर सेयर बजार १९२६.२८ बिन्दुमा झर्दा पनि ७४ करोड ७२ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा निरन्तर ओरालोतर्फ देखिएको छ। मौद्रिक नीतिपछि बजारको सुधारका लागि आवश्यक सूचकहरू मिल्दै गएको भनिए पनि अवस्था ठीक विपरित भइरहेको छ। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। अहिलेको उतारचढावपूर्ण अवस्थापछि देखिएको ओरालो यात्राले बजार पुन: १८४८ आसपासमै पुग्ने देखिएको विश्लेषकहरू बताउँछन्। त्यसपछि पनि बजारले साथ पाउन सक्ने यकिन नभएको उनीहरूको भनाइ छ। 

 


प्रकाशित : सोमबार, भदौ २७ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend