आइतबार, मंसिर ९ गते २०८१    
images
images

'ईभी चौतारी' गोष्ठीसहित असोज ६ गतेदेखि नाडा ईभी एक्सपो २०२२ 

images
सोमबार, भदौ २७ २०७९
images
images
'ईभी चौतारी' गोष्ठीसहित असोज ६ गतेदेखि नाडा ईभी एक्सपो २०२२ 
images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले नेपालमै पहिलो पटक विद्युतीय सवारीसाधनको प्रदर्शनी गर्ने भएको छ। नाडाले असोज ६ गतेदेखि काठमाडौंमा नाडा ईभी एक्सपो २०२२ आयो जना गर्न लागेको हो। एक्सपो बारे नाडाले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

images
images
images

नाडाले 'टू वार्डस् सस्टेनेबिलिटी' नाराका साथ ईभी एक्सपो गर्न लागेको हो। नाडाको रगुलर सवारी प्रदर्शनी गर्न विभिन्न कारणले हुन नसकेको नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले बताए। विश्वभर विद्युतीय सवारीको प्रयोग तथा अभिरूचि बढ्दै गएकाले नाडाले रेगुलर प्रदर्शनी स्थगित गरेर ईभी एक्सपो गर्न लागेको उनको भनाइ छ।

images

'अन्य देशमा प्रदूषणका कारण बढी ईभीको प्रयोगलाई प्राथमिकता दिएका छन्। तर नेपालमा भने प्रदूषणसँसै नेपालमै उत्पादित बिजुली खपत गर्ने भएकाले हामीलाई धेरै फाइदा छ,' थापाले भने। सरकारी विद्युतीय सवारीका लागि अस्थिर नीतिले समस्या निम्त्याएको उनले बताए। 'स्थिर नीती बन्ने हो भने नेपाली व्यवसायीहरू नेपालमै चारपांग्रे सवारी त्यसमा पनि विद्युतीय सवारी उत्पादन/एसेम्बल गर्न तयार छन्,' उनले भने।

images

असोज ६ देखि ९ गतेसम्म विद्युतीय सवारी (दुईपाङ्ग्रे तथा चारपांग्रे), स्कुटर तथा मोटरसाइकल, टायर, बैंक तथा वित्तीय संस्थालगायतको सहयभागिता रहने छ। प्रदर्शनीमा ५१ वटा स्टल रहने नाडा ईभी एक्सपो समितिका सभापति अनुपकुमार बरालले जानकारी दिए। 'विद्युतीय सवारीको प्रवर्द्धनसहित वातावरणमैत्री मोबिलिटीलाई प्राथमिकता दिन नाडाले पहिलोपटक विद्युतीय सवारी प्रदर्शनी गर्न लागेको हो,' बरालले भने। विद्युतीय सवारी प्रति उपभोक्ताको चासो सम्बोधन गर्न यो प्रदर्शनी फलदायी हुने बरालको विश्वास छ। 

'विद्युतीय सवारी कसरी बनेको छ, यसमा लगानी गर्दा दीर्घकालिन लाभ हुन्छ वा हुन्न, विद्युतीय सवारीमा के कस्ता प्रविधिको प्रयोग भएको छ, त्यसले कसरी काम गर्छलगायत विषयमा सहभागीहरूले जानकारी पाउने छन्,' बरालले भने।

७ वटा चारपांग्रे, एउटा तीनपांग्रे र १६ वटा दुईपाङ्ग्रे विद्युतीय सवारी ब्रान्डको सहभागिता रहनेछ। ४ दिनसम्म चल्ने एक्सपोमा ४० हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ।

नाडाले पहिलो पटक प्रदर्शनीमा जानेका लागि अनलाइनबाट टिकट काट्न सकिने व्यवस्था गरेको छ। सोमबारदेखि नै टिकटको प्रिबुकिङ गर्न सकिने नाडाले जनाएको छ।


प्रकाशित : सोमबार, भदौ २७ २०७९०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend