आइतबार, भदौ २३ गते २०८१    
images
images

वैदेशिक रोजगारीमा रहेकाले नागरिक पेन्सनमा सहभागी हुन पाउने, आईएमईसँग सम्झौता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
images
images
वैदेशिक रोजगारीमा रहेकाले नागरिक पेन्सनमा सहभागी हुन पाउने, आईएमईसँग सम्झौता

सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलबीच सोमबार हस्ताक्षर भएको हो। 

images
images

काठमाडौं- नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपालीले नागरिक पेन्सन योजनामा सहभागी भइ बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

images
images
images

सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलबीच सोमबार हस्ताक्षर भएको हो। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न  ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को प्राविधिक सहयोगमा कोष र रेमिट्यान्स कम्पनीहरूको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो। 

उक्त सफ्टवेयरको निर्माण सँगै आईएमईसँग भएको समझदारीले वैदेशिक रोजगारीमा रहेका नेपालीले सहजरूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ।

images


प्रकाशित : सोमबार, असोज १८ २०७८११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend