शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दसैँ नजिकिएसँगै बैकिङ प्रणालीमा निक्षेप बढ्दै, एकैदिन ५ अर्ब निक्षेप थपियो

आइतबार, भदौ २६ २०७९
दसैँ नजिकिएसँगै बैकिङ प्रणालीमा निक्षेप बढ्दै, एकैदिन ५ अर्ब निक्षेप थपियो

काठमाडौं- चाडवाड नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्न थालेको छ। राष्ट्र बैंकका अनुसार एकैदिन बैकिङ प्रणालीमा ५ अर्ब निक्षेप थपिएको छ। ऋण प्रवाह २ अर्ब मात्रै भएको छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप ५० खर्ब ४० अर्ब पुगेको छ। ऋण प्रवाह ४७ खर्ब १४ अर्ब पुगेको छ। वाणिज्य बैंकहरुमा ४४ खर्ब ४१ अर्ब निक्षेप पुगेको छ भने ऋण प्रवाह ४१ खर्ब ८० अर्ब पुगेको छ। 

बैंकहरूमा गत साताभन्दा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थपिएको थियो। सीडी रेसियो पनि ८८.२१ प्रतिशतमा झरेको छ। 

दसैँ, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा बैंकहरूको निक्षेपमा समेत सुधार आएको हो। 


प्रकाशित : आइतबार, भदौ २६ २०७९०५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend