शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ङादी ग्रुपले १२ लाख ५७ हजार कित्ता सेयर लिलामीमा बिक्री गर्दै

आइतबार, भदौ २६ २०७९
ङादी ग्रुपले १२ लाख ५७ हजार कित्ता सेयर लिलामीमा बिक्री गर्दै

काठमाडौं- ङादी ग्रुप पावरले सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ। 

असोज २ गतेदेखि बिक्री खुल्ने उक्त सेयरमा न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा लगानीकर्ताले १०० वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ।

लिलामी सेयरमा असोज १३ गतेसम्म आवेदन दिन सकिने छ। उक्त सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ। यसका साथै, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले साउन १८ गते देखि १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। उक्त समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याउन लागेको हो।


प्रकाशित : आइतबार, भदौ २६ २०७९०४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend