शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आकर्षक लाभांश क्षमताको छिमेक लघुवित्त : सस्तो मूल्यमै दोस्रो बजारमा, यस्तो छ वित्तीय विश्लेषण

आइतबार, भदौ २६ २०७९
आकर्षक लाभांश क्षमताको छिमेक लघुवित्त : सस्तो मूल्यमै दोस्रो बजारमा, यस्तो छ वित्तीय  विश्लेषण

डेढ वर्ष अगाडि ३ हजार रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ८८२ रुपैयाँसम्म झरेको थियो। अहिले पुनः बढेर एक हजार माथी पुगेको छ।

काठमाडौं- छिमेक लघुवित्त वित्तीय कम्पनीको सेयर सस्तो मूल्यमै खरिद गर्ने अवसर लगानीकर्तालाई आएको छ। लगानीकर्तामाझ सदावहार आकर्षक लाभांश दिने कम्पनीका रुपमा छिमेक रहेकाे छ।

अघिल्लो वर्ष कम्पनीले लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिएको थियो। यो वर्ष पनि ३० प्रतिशतभन्दा बढी लाभांश दिने अनुमान गरिएको छ। 

डेढ वर्ष अगाडि ३ हजार रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ८८२ रुपैयाँसम्म झरेको थियो। अहिले पुनः बढेर एक हजार माथि पुगेको छ। कम्पनीको गत वर्ष प्रगति पनि राम्रो रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा भने घटेको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

cbbl 11.PNG

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.६९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८.०८ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १२.५९ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा ६ करोड रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्षमा २४ करोड १३ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा सञ्चालन मुनाफा घट्न पुगेको हो।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ३८ पैसा घटेर ४४ रुपैयाँ ४२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.७७ गुणा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्तापुँजी २७ प्रतिशत बढेको छ भने जगेडा कोष १०.५७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप २०.४१ प्रतिशत र कर्जा ३२.१४ प्रतिशत बढेको छ।


प्रकाशित : आइतबार, भदौ २६ २०७९०१:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend