आइतबार, मंसिर ९ गते २०८१    
images
images

सेयर बजार फेरि तल्लो बिन्दुमा झरेर अर्थतन्त्रमा केही सुधारपछि बढ्ने, सुधार हुन के चाहिन्छ?

images
शनिबार, भदौ २५ २०७९
images
images
सेयर बजार फेरि तल्लो बिन्दुमा झरेर अर्थतन्त्रमा केही सुधारपछि बढ्ने, सुधार हुन के चाहिन्छ?
images
images

काठमाडौं- सेयर बजार सबैभन्दा उच्च बिन्दुमा पुगेर ओरालो लागेको पनि एक वर्षभन्दा बढी भइसकेको छ। गतवर्ष भदौ २ गते बजार अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। त्यसपछि ओरालो यात्रा तय गरेको बजारले उतारचढावमा रहँदै सुधारको अपेक्षा सार्थक बनाउन सकिरहेको छैन। 

images
images
images

मौद्रिक नीतिपछि विश्वासयोग्य वातावरण बनेको भनिएको सेयर बजारको कारोबार भने त्योअनुरुप देखिँदैन। ओरालो यात्रा तय गरेको बजार २०७९ असार ९ गते  एकवर्षकै सबैभन्दा कम बिन्दुमा आइपुगेको थियो। उक्त दिन बजार १८४८ को बिन्दुमा आइपुगेको थियो। त्यसपछि बजार केही बढेर साउन १६ गते २१९६ को बिन्दुमा पुगेको थियो। अहिले पुन: बजार घटेर भदौ २२ गते १९३७ को बिन्दुमा रोकिएको छ। कारोबार रकम पनि १ अर्बभन्दा तल आइसकेको छ। पछिल्लो समय बजारमा ठूलो उत्तरचढाव भने छैन।

images

बजार २००० बिन्दुको वरपर नै घुमिरहेको छ। बजारले अर्थतन्त्र सुधारको संकेत खोजिरहेको सेयर विश्लेष्क विष्णु बस्याल बताउँछन्। सेयर बजार पुनः १९०० भन्दा तल झर्ने ट्रेन्ड देखिएको उनको भनाइ छ। बजार पुन: एक पटक १८५० कै हाराहारीमा आउने र अनि मात्रै माथितिरको बाटो तय गर्ने बस्याल बताउँछन्।

images

बजारले कस्तो साथ खोजिरहेको छ? यसो भन्छन् विष्णु बस्याल -

बजार उच्च बिन्दुमा पुगेर जुन २३ मा सबैभन्दा कम बिन्दुमा आइपुगेको थियो। त्यो बिन्दु हो १८४८। फेरि बढेर २१९६ पुग्यो। फेरि बजार घटेर १९३७ मा आएको छ। साढे २ महिनाको अवधिमा तलमाथि ठूलो उतारचढाव नभई एउटै बिन्दु आसपासमा चलिरहेको छ।  

तल-तलको रेटमा सेयर एकै ठाउँमा एकीकृत भइरहेका छन्। जसले सेयर खरिद गरेको छ, त्यहीँ एकीकृत भइरहेको छ। यो अवस्था अझै १० देखि १५ दिनसम्म देखिनसक्ने अवस्था देखिएको छ। फेरि १८४८ कै बिन्दु आसपासमा वा १९०० भन्दा तल आउने अवस्था देखिएको छ। फेरि पनि १८५० को बिन्दुमा नै बजार आएर बढ्ने हो कि भने ट्रेन्ड देखिएको छ। 

दसैँले पनि बजारमा कुनै असर गर्ने अवस्था देखिँदैन। अर्थतन्त्रमा अझै केही समस्या देखिएको छ। बजार प्रति विश्वासको  वातावरण अझै बन्न सकेको छैन।

जे जति सरकारी नीति आइरहेका छन् त्यो बजारलाई सहज हुने गरी आएको छैन। बजारलाई असर गर्ने नीतिहरू आइरहेको छ। जसका कारण बजार माथि आउन सकेको छैन। सबैभन्दा उच्च बिन्दुपछि बजार तल झरेको पनि १३ महिना भइसकेको छ। अब लगभग एक दुई महिनाभित्रमा बजार तल्लो बिन्दुमा पुगेर माथिलो बिन्दु समात्न सक्ने ट्रेन्ड देखिएको छ। 

अझै पनि १८५० को बिन्दुृमा आउने अवस्था हो। त्यसपछि माथि जाने नै हो। बजार १९०० भन्दा तलको बिन्दुमा छिट्टो नै आएको अवस्थामा छिट्टो बजारले माथिको अंकमा लय समात्न पनि सक्छ नत्र यही अहिलेकै अवस्थामा बजार अझै एक दुई महिना तल बसेर बजारले लय समात्न पनि २ महिनासम्मको सयम लिन सक्छ।

बजार तल आइरहँदा कस्तो प्रवृत्ति देखाउँछ त्यसमा नै भर पर्ने हो। बजारले अहिले पनि अर्थतन्त्र सुधारको बाटो खोजिरहेको छ। तरलता अभावको सम्बोधन बजारले खोजिरहेको छ। बजारले केही संकेत पाएपछि नै माथि जान्छ। केही सुधारको संकत देखिएको हो कि भन्ने भएको छ। तर यसले बजारमा उत्साह भने देखिएको छैन। अहिले नभए पनि ४-५ महिनामा सुधार हुने संकेत बजारले पाएको अवस्थामा बजार अवश्य पनि माथि जान्छ।


प्रकाशित : शनिबार, भदौ २५ २०७९०१:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend