शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैंकलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

शुक्रबार, भदौ २४ २०७९
निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैंकलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्। शुक्रबार राजधानीमा एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले उक्त विषयमा कुरा गरेका हुन।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवद्र्धित पूर्वाधार विकासका ठूलाठूला परियोजनामा एसियाली विकास बैंकलाई लगानीका लागि आग्रह गरेका हुन्।

'मुलुकको विकासमा पूर्वाधारको महत्वपूर्ण भूमिका रहन्छ। यहाँहरुले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुकासाथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्नसक्छ। निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूलाठूला पूर्वाधारका परियोजनामा लगानीको प्रसस्त सम्भावनाहरु छन्। श्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलाठूला पर्यटन, जलविद्युत, सडक, होटललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन। यस क्षेत्रमा एसियाली विकास बैंकले लगानी विस्तार गर्नुपर्‍यो,' ढकालले भने।

ढकालले नेपालको बैंकिङ क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानकालागि पनि एसियाली विकास बैंकको सहयोग आवश्यक रहेको बताए।

उक्त अवसरमा एसियाली विकास बैंकका उपाध्यक्ष लाभासले एशियाली विकास बैंक यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीकालागि तयार रहेको बताए।

भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एसियाली विकास बैंकका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend