शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

विद्युतीय एसयूभीमा ‘गेमचेन्जर’ बन्ने जिप एभेन्जर, ४ सय किमि रेन्ज

images
शुक्रबार, भदौ २४ २०७९
images
विद्युतीय एसयूभीमा ‘गेमचेन्जर’ बन्ने जिप एभेन्जर, ४ सय किमि रेन्ज

जिप एभेन्जरमा १ सय किलावाटभन्दा कम क्षमताकै मोटर भएकाले यो कारमा धेरै कर लाग्ने छैन।

images
images

काठमाडौं- चर्चित अमेरिकी एसयूभी निर्माता कम्पनी जिपको पहिलो विद्युतीय एसयूभी सार्वजनिक भएको छ। बिहीबार यो एसयूभीको ग्लोवल प्रिमियर भएको हो। 

images
images
images

२०२३ को पहिलो छ महिना भित्रै जिप एभेन्जर युरोपेली बजारमा बिक्रीका ालागि उपलब्ध हुने कम्पनीले जनाएको छ। युरोपेली बजारमा बिक्री सुरु भएलगत्तै जिप ऐमन्जर नेपाली बजारमा समेत आउने छ। 

images
images

उच्च ग्राउन्ड क्लियरेन्सका साथ आउने जिप एभेन्जरले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर सेन्ज दिनेछ। आगामी अक्टोबर १७ मा पेरिस मोटर शोमा जिप एभेन्जरको विशेषतासहितको आपचारिक सार्वजनिकीकरण हुनेछ। 

images
images

जिपले विद्युतीय एसयूभी एभेन्जरलाई बेबी एसयूभी भनेको छ। यो एसयूभी सिटी स्टाइल एसयूभी भएको दाबी जिपको छ। जिप एभेन्जरमा ९४ पीएच मोटर पावरमा रहेको छ जसमा १ सय ८८ वा ३७६ एचपीमा आउने छ। 

जिप एभेन्जर २ वा ४ ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ। सुरुवाती कार प्रयोकर्ताको रोजाइमा पर्ने विश्वास गरिएको यो विद्युतीय एसयूभी सहरका लागि उत्कृष्ट सावित हुने दाबी कम्पनीको छ। 

त्यस्तै जिपले विद्युतीय एसयूभी रेकन र वेगनीयर एससमेत सार्वजनिक गरेको छ। वेगनीयर एसले एक पटकको फुल चार्जमा ६ सय ४५ किलोमिटर रेन्ज दिनेछ भने ६ सय एचपी पावर जेनेरेट गर्नेछ। यो एसयूभीले शून्यदेखि १ सय किमिको गति ३.५ सेकेन्डमै भेट्ने छ। 

jeep ev avenger.jpg

जिपले २०२५ सम्ममा अमेरिका र युरोपमा गरि ४ वटा नयाँ विद्युतीय एसयूभी बजारमा ल्याउने बताएको छ।   

जिपले २०३० पछि विद्युतीय सवारीमात्र बिक्री गर्ने घोषणा यसअघि नै गरेको थियो। युरोपेली बजारमा उक्त समयपछि पूर्ण विद्युतीय कारमात्र बिक्री गर्ने र अमेरिकामा भने २०३० सम्ममा आधा सवारी विद्युतीय हुने बताएको छ।  

जिपका एसयूभीहरु नेपाली बजारमा उल्लेख्य संख्यामा बिक्री हुँदै आएका छन्। भारतमा निर्मित जिप कम्पास तथा अमेरिकामा निर्मित जिप र्‍याङलरका विभिन्न भेरियन्ट नेपाली बजारमा उपलब्ध छन्।

नेपाली बजारमा जिप ब्रान्ड एमएडब्लू ग्रुप अन्तर्गतको लाइफ अटोमोबाइलले आधिकारिक रुपमा भित्र्याउँदै आएको छ। विश्व बजारमा सार्वजनिक भएको जिप एभेन्जर नेपाली बजारमा ल्याउने प्रक्रिया सुरु गरिनेछ। युरोपेली बजारमा बिक्रीका लागि उपलब्ध भएसँगै यो कार नेपाली बजारमा आउनेछ। 

जिप एभेन्जरमा १ सय किलावाटभन्दा कम क्षमताकै मोटर भएकाले यो कारमा धेरै कर लाग्ने छैन। हाल नेपाली बजारमा आयात हुने १ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा न्यून कर रहेको छ।

यो कर सहुलियतको फाइदा जिप एभेन्जर पर्खिएर बसेका वा किन्ने योजना बनाएका उपभोक्ताका लागि फाइदाजनक हुनेछ। जिप एभेन्जरको मूल्य सार्वजनिक नभएकाले नेपाल आइपुग्दा कति पर्छ भन्ने यकिन भएको छैन। 


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend