शनिबार, वैशाख १५ गते २०८१    
images
images

नक्कली नागरिकता र प्रवेशपत्र बनाएर अन्य व्यक्तिको ट्रायल दिने ५ जना पक्राउ  

images
images
images
नक्कली नागरिकता र प्रवेशपत्र बनाएर अन्य व्यक्तिको ट्रायल दिने ५ जना पक्राउ  
images
images

भक्तपुर- मध्यपुर ठिमी नगरपलिका-५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाएर अन्य ब्यक्तिहरुको ट्रायल दिएको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-११ टाँडी ठेगाना भएका काठमाडौं चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-४ ठेगाना भएका काठमाडौं तिनकुने बस्ने २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका-१ ठेगाना भई भक्तपुर कटुञ्जे बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही, सिन्धुली दुधौली नगरपालिका-१४ ठेगाना भएका २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय राज कुमार श्रीमल रहेका छन्।

images

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसहित पक्राउ गरेको हो। 

images

उनीहरूउपर लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

images

प्रकाशित : बिहीबार , भदौ २३ २०७९१२:००

प्रतिक्रिया दिनुहोस