शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

साताभर ओरालो लागेरै सकियो सेयर बजार, भेटिएन सुधारको आधार

बिहीबार , भदौ २३ २०७९
साताभर ओरालो लागेरै सकियो सेयर बजार, भेटिएन सुधारको आधार

काठमाडौं- लगातार ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम कारोबारमा झिनो अंकको गिरावटबीच थामिएको छ। उतारचढावका बीच ओरालो लागिरहेको सेयर बजारमा थामिने प्रयास देखिए पनि बजारमा अपेक्षाकृत सुधार भने हुन सकेन। 

बिहीबार २.१३ अंकले घटेर १९३७.७४ मा झरेको सेयर बजारमा साताभर समग्रमा ३२.९३ अंकको गिरावट देखिएको छ। बिहीबार १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ। 

यो साता आइतबार ६.६८ अंकले बढेको बजार सोमबार ४.२९ अंकले घटेको थियो। मंगलबार २१.२२ अंक र बुधबार ११.९७ अंकले घटेको बजार बिहीबार केही थामिएको हो।

सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।

कारोबार र सूचक दुवै घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा नै रहेका छन्। घटेको बजारमा नयाँ लगानीकर्ता भित्रिने अवसर भए पनि बजारमा नवप्रवेशी डराइरहेका छन्। पुराना लगानीकर्ता कतिपय यसअघि नै बिक्री गरेर बहिरिएका छन् भने कतिपय होल्ड गरेर बसिरहेका छन्। 


प्रकाशित : बिहीबार , भदौ २३ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend