बिहीबार , चैत १५ गते २०८०    
images
images

महासंघमा पदाधिकारी आकांक्षीको देश दौडाहा, कुन पदमा कसको चर्चा?

images
images
महासंघमा पदाधिकारी आकांक्षीको देश दौडाहा, कुन पदमा कसको चर्चा?

एसोसिएट उपाध्यक्षमा व्यवसायी भरत आचार्य र साहिल अग्रवालबीच प्रतिस्पर्धा हुने भएको छ। एसोसिएट उपाध्यक्ष प्रतिस्पर्धा गर्न लागेका भरत आचार्य व्यवसायी चन्द्र ढकालनजिक रहेका छन्। साहिल अग्रवाल वर्तमान अध्यक्ष शेखर गोल्छा निकट मानिन्छन्। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारणसभा तथा नेतृत्व चयनको महाधिवेशन २०७९ चैतको अन्तिम साता हुँदैछ। तर महाधिवेशनको समय भने तोकिएको छैनन्। महासंघको निर्वाचन आउन ७ महिना बाँकी छ तर निर्वाचनको महोल सुरु भइसकेको छ। महासंघको पदाधिकारीका आकांक्षीहरु जिल्ला दौडाहामा निस्किसकेका छन्।

images
images
images

महासंघको जिल्ला अधिवेशनमा पदाधिकारीमा निर्वाचन लड्ने तयारी गरेका व्यवसायीको लर्को नै देखिन्छ। ५७औं साधारणसभाबाट वर्तमान महासंघका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुनेछन्। ६०औं साधारणसभाबाट महासंघको नेतृत्वमा पुग्ने व्यक्ति पनि ५७औं साधरणसभाले नै गर्नेछ।

images

५४औं साधरणसभाबाट महासंघको नेतृत्वमा पुगेका अध्यक्ष शेखर गोल्छाले महासंघको विधान संशोधन गर्दै वर्तमान वरिष्ठ उपाध्यक्ष ढकालपछि प्रत्यक्ष अध्यक्ष निर्वाचन प्रणली गर्ने बताएका थिए। तर त्यसमा उनी सफल हुन सकेनन्। वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुन पाउने व्यवस्था खारेज गर्ने प्रक्रिया लगभग समाप्त भएको महासंघका एक पूर्वअध्यक्ष बताउँछन्। 

images
images

‘विधान संशोधन गर्ने पुग्ने समय छ। तर विधान संशोधनको विषय लगभग समाप्त भइसकेको छ,’ ती पूर्वअध्यक्षले भने, ‘महासंघमा अब प्रत्यक्ष अध्यक्ष निर्वाचनको च्याप्टर क्लोज भएको छ। ५७औं साधरणसभाले जसलाई वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्छ उनै ६०औं साधरणसभाबाट अध्यक्ष हुने छ।’

वरिष्ठ उपाध्यक्षमा ४ जनाको चर्चा

महासंघको ५७औं नेतृत्व चयनको साधरणसभामा ४ जना व्यवसायीले आफू वरिष्ठ उपाध्यक्षको उमेद्वार हुने बताइसकेका छन्। भलै अन्तिमसम्म कोको बाँकी रहन्छन् पछि नै थाहा हुनेछ।

अहिले एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाईले ५७औं साधरणसभामा वरिष्ठ उपाध्यक्ष लड्ने तयारी गरिरहेका छन्। संघाई सोहीअनुसार जिल्ला दौडमा लागेका छन्। 

संघाई ५४औं साधारणसभामा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको टीमबाट विजयी भएका थिए। उनले व्यवसायी सौरभ ज्योतिलाई हराएका थिए। उनी अहिले पनि महासंघको वरिष्ठ उपाध्यक्षमा बलियो दावेदार हुन्।

यसैगरी ५४ औं साधरणसभाबाट वस्तुगत उपाध्यक्षमा विजयी व्यवसायी अञ्जन श्रेष्ठ पनि महासंघको ५७औं नेतृत्व चयनको साधरणसभामा वरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्ने तयारीका साथ देश दौडाहामा छन्। श्रेष्ठले व्यवसायी उमेशलाल श्रेष्ठलाई हराएर ५४औं साधरणसभाबाट वस्तुगत उपाध्यक्ष भएका थिए। ५४औं साधरणसभामा श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानको टीममा थिए। उनी पनि वरिष्ठ उपाध्यक्षका लागि बलिया उमेदवार हुन्।

305400300_10227301609558289_8062726031038077726_n.jpg

यसैगरी जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठले आफू पनि ५७औं नेतृत्व चयनको साधरणसभामा वरिष्ठ उपाध्यक्षको उम्मेद्वार रहेको बताउँदै आएका छन्। श्रेष्ठ पनि जिल्ला दौडाहामा सक्रिय भएर लागेका छन्।

५४औं साधरणसभामा श्रेष्ठ किशोर प्रधानको टीमबाट निर्वाचन लडेका थिए। दिनेश श्रेष्ठले ढकाल समूहका गुणनिधि तिवारीलाई पराजित गर्दैै जिल्ला नगरतर्फको उपाध्यक्ष निर्वाचित भएका थिए।

यसैगरी व्यवसायी उमेशलाल श्रेष्ठ पनि महासंघको ५७औं नेतृत्व चयनको साधरणसभामा आफू वरिष्ठ उपाध्यक्षमा उमेदवार रहेको बताउँदै आएका छन्। श्रेष्ठ पनि अहिले जिल्ला दौडाहामा सक्रिय भइसकेका छन्। श्रेष्ठ ५४औं साधरणसभामा व्यवसायी अञ्जन श्रेष्ठसँग पराजित भएका थिए। 

एसोसिएटमा २ उम्मेद्वार फिक्स जस्तै

महासंघको ५७औं नेतृत्व चयनको साधरणसभामा २ जना व्यवसायीबीच एसोसिएट उपाध्यक्षमा प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ।

एसोसिएट उपाध्यक्षमा व्यवसायी भरत आचार्य र साहिल अग्रवालबीच प्रतिस्पर्धा हुने भएको छ। एसोसिएट उपाध्यक्ष प्रतिस्पर्धा गर्न लागेका भरत आचार्य व्यवसायी चन्द्र ढकाल नजिक रहेका छन्। साहिल अग्रवाल वर्तमान अध्यक्ष शेखर गोल्छा निकट मानिन्छन्। 

वस्तुगत उपाध्यक्षमा ४ जनाको चर्चा

बस्तुगत उपाध्यक्षका लागि ४ जना व्यवसायीले दौडधुप सुरु गरेका छन्। जसमा व्यवसायी सन्दीप अग्रवाल, हेमराज ढकाल, मनिषलाल प्रधान र शकुन्तलाल हिराचन रहेका छन्।

जिल्ला नगरमा ४ जना

जिल्ला नगर उपाध्यक्षका लागि अहिलेसम्म चारजनाको नाम व्यवसायी वर्गमा चर्चा हुन थालेको छ। जसमा व्यवसायी अरुण सुमार्गी, सुरकृष्ण वैद्य, कृष्ण शर्मा र दिलसुन्दर श्रेष्ठ हुन्।

वरिष्ठ उपाध्यक्षमा क्लस्टरअनुसार फरक मतभार

वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने विजयी हुने व्यवस्था रहेको छ। जिल्ला नगर, एसोसिएट र वस्तुगतको मतलाई एक सय प्रतिशत हुने गरी विभाजन गरिएको छ।

जिल्ला नगरतर्फको भोटलाई ५० प्रतिशत, एसोसिएटको मतलाई ३० प्रतिशत र वस्तुगतको मतलाई २० प्रतिशत भार मानिनेछ। 

images

प्रकाशित : बुधबार, भदौ २२ २०७९१२:२०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ