बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बुद्ध एयर छानबिनको निष्कर्ष : क्याप्टेन बाहिरी सूचनामा मात्र भर पर्दा समस्या

सोमबार, असोज १८ २०७८
बुद्ध एयर छानबिनको निष्कर्ष : क्याप्टेन बाहिरी सूचनामा मात्र भर पर्दा समस्या

‘इन्डिकेटर’ को संकेत याद नगरी उडान, क्रु टिम बाहिरी सूचनामा मात्र निर्भर हुँदा समस्या आएको निष्कर्ष

काठमाडौं- गएको ११ गते बुद्ध एयरको काठमाडौं-विराटनगर उडानमा उड्नुभन्दा पहिले 'क्रु टिम'ले जहाजको ‘इन्डिकेटर’ को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।

सोमबार नागरिक उड्डयन प्राधिकरणलाई बुद्ध एयरले आन्तरिक छानबिन गरेर बुझाएको प्रतिवेदनमा क्रु टिमले बाहिरी सूचनामा मात्र निर्भर हुँदा समस्या आएको निष्कर्ष निकालेको छ। क्याप्टेन एजी शेर्पाले उडाएको उक्त जहाजमा पहिले नै समस्याको संकेत जहाजले गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।

बुद्ध एयरले क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। प्राधिकरण स्रोतका अनुसार डंगोलले बुझाएको प्रतिवेदनमा उड्नुभन्दा पहिले ककपिट भित्र देखिएको इन्डिकेटरलाई क्रु टोलीले ध्यान नदिएको समेत उल्लेख गरेको छ। ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

बुद्धको सोही दिन पोखरा उडानमा पनि समस्या आएपछि काठमाडौं फर्किएको थियो। यता सरकारले मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको छ। समितिले भने सबै जहाज र हेलिकप्टरको अवस्थाको बारेमा अध्ययन गर्ने समेत जनाइएको छ। सोमबार बुद्ध एयरले बुझाएको प्रतिवेदन प्राधिकरणले सरकारी छानबिन समितिलाई बुझाएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए। 

ठूलो दुर्घटनाबाट जोगिएको बुद्ध एयरको उक्त जहाज साढे २ घण्टा आकाशमै घुमेर काठमाडौंमै अवतरण गर्न सफल भएको थियो। काठमाडौंबाट विराटनगरका लागि बिहान ८ बजेर ५ मिनेट जाँदा उडेको थियो। 

विराटनगर पुगेपछि अतवरण गर्न सकेन। जहाजको हाइड्रोलिकमा समस्या भएपछि जहाज फेरि काठमाडौंमै फर्किएको थियो। विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौं फर्किँदा उडान दलले यात्रुलाई सामान्य प्राविधिक समस्या भएको र काठमाडौं पुगेर फर्किने जानकारी गराएका थिए। काठमाडौंको आकाशमाथि आएपछि पनि जहाज अवतरण नगरेपछि भने त्रासको वातावरण सिर्जना भयो। यात्रुहरु एकाएक त्रसित भएका थिए।  

जहाज काठमाडौं विमानस्थलमा १०ः१६ मा अवतरण गरेको थियो। जहाज होल्ड भएपछि विमानस्थल कार्यालयले उद्धार तयारी गरेर धावनमार्ग खाली गरेको थियो। 


प्रकाशित : सोमबार, असोज १८ २०७८०९:०४
  • सम्बन्धित विषय:

  • # बुद्ध एयर


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend